फर्स्ट क्लास क्रिकेट : पहिलो दिन एमसीसीले बनायो ३ सय ११ रन « Khabarhub

फर्स्ट क्लास क्रिकेट : पहिलो दिन एमसीसीले बनायो ३ सय ११ रन


२० कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालविरुद्धको तीन दिवसीय (फर्स्ट क्लास) क्रिकेटको पहिलो दिन मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) ले ३ सय ११ रनको उच्च योगफल तयार पारेको छ ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको एमसीसीले ८६ ओभरमा ६ विकेट गुमाएर ३ सय ११ रन बनाएको हो ।
खराब प्रकासको कारण ९ ओभर बाँकि रहदै खेल रोकिएको छ । एमसीसीको उच्च योगफलमा तीन खेलाडीले अर्धशतक बनाए ।

एमसीसीका विल रोड्स ७३ रनको अर्धशतकीय इनिङ्स खेल्दा विल भान्डेर्सपारले ५३ रन र मिल्स हाम्मोन्डले ५२ रनको अर्धशतकीय इनिङ्स खेले ।

त्यस्तै टम वेस्ट्लीले ३९ रन जोड्दा एड योङले १७ बनाए । बिली गोडलम्यान १० रनमा आउट भए । यासिर अराफाट ३५ रनमा अविजित रहदा एलेक्स थोम्पसन २१ रनमा अविजित छन् ।

नेपालका लागि सोमपाल कामी, सन्दीप लामिछाने र शरद भेषवाकरले समान २–२ विकेट लिएका थिए । अब पुनः शुक्रबार एमसीसीले सुरुवातमा ब्याटिङ गर्ने छ ।

नेपालले करिब १४ वर्षपछि नेपालले घरेलु मैदानमा फर्स्ट क्लास क्रिकेटको सामना गरिरहेको हो । नेपालले पछिल्लो पटक सन् २००५ मा युएईविरुद्ध आईसीसीले मान्यता दिएको फर्स्ट क्लास क्रिकेट खेलेको थियो ।

फर्स्ट क्लास क्रिकेटपछि नेपालले टी–ट्वान्टी क्रिकेट खेल्नेछ । यसअघि भएको एकदिवसीयमा नेपालले एमसीसीलाई ५ विकेटले हराएको थियो ।

प्रकाशित मिति : २० कार्तिक २०७६, बुधबार  ५ : ०० बजे

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी  १४ वर्षपछि  पक्राउ

सुर्खेत । जिल्ला प्रहरी कार्यालय दैलेखले  कर्तव्य ज्यान मुद्दामा फरार

ठमेलमा शान्ति भंग गर्ने ३५ जनाविरुद्ध मुद्दा

काठमाडौँ- काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक मर्यादा एवं शान्ति

इन्धनको खरिद मूल्य बढ्यो, यथावतै राखियो खुद्रा मूल्य

काठमाडौँ । भारतीय आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थको मूल्य पुनः बढेर

इन्द्रसरोवर दुर्घटनाका चारै मृतकको सनाखत

हेटौँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा आज भएको यात्रुवाहक विद्युतीय

श्रममन्त्री यादव र मलेसियाका कार्यवाहक राजदूत अजमानबीच भेटवार्ता

काठमाडौँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र नेपालका