आलमसँग न्यायाधीशका ३२ प्रश्न, बुधबार पनि सकिएन बयान | Khabarhub Khabarhub

आलमसँग न्यायाधीशका ३२ प्रश्न, बुधबार पनि सकिएन बयान


२० कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रौतहट– १२ वर्ष अगाडिको बम काण्डका मुख्य अभियुक्त नेपाली कांग्रेसका नेता मोहम्म अफताव आलमको बयान बुधबार पनि नसकिएको जिल्ला अदालत रौतहटले जनाएको छ ।

कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र विस्फोटक पदार्थ (बम) भण्डारण तथा उत्पादन गरेको अभियोग लागेका आलमको मंगलबारदेखि अदालती बयान शुरु भएको थियो ।

मंगलबार बीचमै रोकिएर केही बेर मात्रै बयान चलेको थियो । बुधबार भने बिहान ११ बजेदेखि नै बयान शुरु भएपनि आलमले ३२ वटा मात्रै प्रश्नको जवाफ दिएका जिल्ला अदालत रौतहट स्रोतले जानकारी दियो ।

अदालत स्रोतका अनुसार जिल्ला न्यायाधीश दीपक ढकालले आलमसँग २७ चैत २०६४ मा भएको बम विस्फोट, बम विस्फोटमा भएका घाइते, घाइतेको उपचार तथा घाइतेलाई जलाएर मारिएको विषयमा प्रश्न सोधेका थिए । तर, आलमले भने उक्त दिन त्यहाँ बम विस्फोट नै नभएको भनेर सबै प्रश्नमा इन्कारी बयान दिएका स्रोतले जानकारी दियो ।

बुधबार बयान नसकिएका कारण आलमलाई पुनः हिरासतमै फिर्ता पठाइएको छ । बिहीबार बिहान १० बजे उपस्थित गराउने गरी आलमलाई हिरासतमा फिर्ता पठाइएको जिल्ला अदालत रौतहटका श्रेस्तेदार गुणराज पराजुलीले जानकारी दिए ।

आलममाथि २८ चैत २०६४ मा तोकिएको संविधानसभा निर्वाचन विथोल्नका लागि बम बनाउँदै गर्दा अघिल्लो दिन नै बम विस्फोट भएको र विस्फोटमा परी घाइते भएका व्यक्तिलाई इटाभट्टामा जलाएर मारेको अभियोग लागेको छ ।

जिल्ला सरकारी वकिल कार्यालय रौतहटले सोमबार जिल्ला अदालत रौतहटमा अभियोगपत्र दायर गरी आलमसहितका १० जनाविरुद्ध आजीवन काराबासको सजाय मागदाबी गरेको छ । यस्तै, उक्त प्रकरणमा १ जनाविरुद्ध घटनाको मतियार बनेको अभियोगमा मुद्दा दायर गरेको छ ।

बम विस्फोट र घाइतेलाई इटाभट्टामा जलाएको प्रकरणमा कूल ११ जनाविरुद्ध मुद्दा दायर गरिएकोमा आलमबोहकका अन्य १० जना अभियुक्त भने अझै फरार छन् ।

प्रकाशित मिति : २० कार्तिक २०७६, बुधबार  ४ : ५८ बजे

सोमबार कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले सोमबारका लागि विदेशी मुद्राको विनिमय

युएसएडमा धेरै घोटाला भएको ट्रम्पको आरोप

न्युयोर्क – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युएस एजेन्सी फर इन्टरनेसल

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८१ साल माघ २८ गते सोमबार, माघ

आज २०८१ साल माघ २८ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८१ साल माघ २८ गते सोमबार, माघ

महाकुम्भ मेला : हालसम्म ४२ करोडभन्दा बढीले स्नान गरे

प्रयागराज – महाकुम्भमा सहभागी हुन संसारभरका भक्तहरू आउँदैछन् । यस