युवाहरुको गुनासाे सुनाउन ‘युवासँग प्रधानमन्त्री’ शुरु हुँदै « Khabarhub

युवाहरुको गुनासाे सुनाउन ‘युवासँग प्रधानमन्त्री’ शुरु हुँदै


२० कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकार प्रमुखलाई युवाका मुद्दाबारे जानकारी गराउन ‘युवासँग प्रधानमन्त्री’ कार्यक्रम गरिने भएको छ । राष्ट्रिय युवा परिषद्ले युवाका मुद्दाबारे प्रधानमन्त्रीलाई गुनासो सुनाउनका लागि सो कार्यक्रम गर्न लागेको हो ।

परिषद्का उपाध्यक्ष माधव ढुङ्गेलले सबै क्षेत्रका युवाका नीतिगत समस्यालाई एकै थलोबाट प्रधानमन्त्रीलाई प्रत्यक्ष संवाद गरी जानकारी गराउन ‘युवासँग प्रधानमन्त्री’ कार्यक्रम गर्न लागिएको जानकारी गराए ।

परिषद्ले उद्योग, राजनीति, कृषि, वैदेशिक रोजगारबाट फर्किएका युवा, गैरसरकारी संस्था, वैज्ञानिक, उद्यमीलगायत क्षेत्रमा काम गर्ने युवासँग छलफल गरेर उनीहरुका समस्या पहिचान गर्नेछ ।

“विभिन्न क्षेत्रमा आएका युवाका समस्यालाई एकै मञ्चमा सिधै प्रधानमन्त्रीसँग राखिने छ”, उपाध्यक्ष ढुङ्गेलले भन्नुभयो, “प्रधानमन्त्रीले समेत उक्त मञ्चबाट युवाका समस्यालाई सम्बोधन गर्नुहुने छ ।” परिषद्का उपाध्यक्ष ढुङ्गेलले युवा नीति सुधारमा सिधै प्रधानमन्त्रीसँग छलफल गर्नका लागि कार्यक्रम गर्न थालिएको बताए ।

“युवाका नीतिगत समस्या धेरै नै रहेका छन्”, उहाँले भन्नुभयो, “ती नीतिगत समस्यालाई सिधै समाधान गर्नका लागि युवासँग प्रधानमन्त्री कार्यक्रम सञ्चालन गरिएको हो ।” प्रधानमन्त्रीलाई प्रत्यक्षरूपमा भेटेर युवाका समस्या राख्नका लागि कार्यक्रम गरिएको परिषद्का उपसचिव ध्रुवराज पौडेलले जानकारी गराए ।  युवा र प्रधानमन्त्रीबीच युवाका सवालमा प्रत्यक्ष संवाद र अन्तक्र्रियाको अवसर सिर्जना गर्नु कार्यक्रमको उद्देश्य रहेको छ ।

युवासँग प्रधानमन्त्री कार्यक्रममा एउटा निश्चित स्थानमा विभिन्न क्षेत्रका करीब ५० जना युवा सहभागी हुनेछन् । ती सहभागी युवाले आफ्नो क्षेत्रको समस्याबारे प्रधानमन्त्रीलाई त्यहीँ अवगत गराउने छन् र प्रधानमन्त्रीले युवाले राखेका नीतिगत, योजना, बजेटमा भएका समस्यालाई त्यहीँबाट सम्बोधन गर्ने परिषद्का उपसचिव पौडेलले बताए ।

आगामी माघमा गरिने उक्त कार्यक्रमका लागि परिषद्ले विभिन्न क्षेत्रका युवासँग छलफलसमेत गरेको छ । परिषद्मा प्रत्येक क्षेत्रका युवाले छलफल गरेपछि ती क्षेत्रबाट प्रतिनिधित्व गर्ने एक जना युवाले कार्यक्रममा प्रधानमन्त्रीलाई आफ्नो समस्याबारे जानकारी गराउने छन् । युवाले प्रधानमन्त्रीलाई राखेका समस्या प्रधानमन्त्रीले त्यहीँ मञ्चबाट विभागीय मन्त्रालयलाई सुल्झाउनेसमेत निर्देशन दिनुहुने छ ।

कार्यक्रममा युवासँग सरोकार रहेका अर्थमन्त्री, युवा तथा खेलकूदमन्त्री, श्रम, रोजगार तथा सामाजिक विकासमन्त्री, कृषि विकासमन्त्रीलगायत मन्त्रीसमेत उपस्थिति हुनुहुनेछ । परिषद्का उपाध्यक्ष ढुङ्गेलले कार्यविधि नै बनाएर उक्त कार्यक्रम गर्न थालिएकाले प्रत्येक वर्ष कार्यक्रम गरिने जानकारी दिए । उनका अनुसार प्रदेशमा ‘युवासँग मुख्यमन्त्री’ र स्थानीय तहमा ‘युवासँग पालिका प्रमुख’ कार्यक्रम पनि सञ्चालन गरिने छ ।

प्रकाशित मिति : २० कार्तिक २०७६, बुधबार  ६ : ३६ बजे

सुकुमवासी व्यवस्थापनमा स्थानीय सरकारले सहयोग गरेन : मन्त्री रावल

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री

भारत भ्रमणमा कोशीको चार जिल्लाका स्थानीय जनप्रतिनिधिको टोली 

काठमाडौं– कोशी प्रदेशका इलाम, पाँचथर, ताप्लेजुङ र तेह्रथुम जिल्लाका मेयर,

गोलबजार घटनाको छानबिन गर्न गठित समितिद्वारा छलफल सुरु

जनकपुरधाम– आन्दोलनका क्रममा सिरहाको गोलबजारमा गोली लागेर मृत्यु भएका गणेश

निम्स दाइसहितका आरोहीको सम्झनामा दीप प्रज्वलन (तस्बिरहरू)

काठमाडौं– पाकिस्तानस्थित ८,०४७ मिटर अग्लो ब्रोड पिक हिमाल आरोहणका क्रममा

ओली-प्रचण्डकै गल्ती दोहोर्‍याउँदै रवि-वालेन्द्र

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहको कार्यशैलीप्रति राष्ट्रिय स्वतन्त्र पार्टीकै सांसदहरूले चित्त