उपनिर्वाचनमा ४ लाख ५४ हजार १ सय १४ मतदाता « Khabarhub

उपनिर्वाचनमा ४ लाख ५४ हजार १ सय १४ मतदाता


२० कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- निर्वाचन आयोगले आउँदो मंसिर १४ गते हुने उपनिर्वाचनको तयारी पूरा भएको जनाएको छ ।

बुधबार आयोगको कार्यालय कान्तिपथमा पत्रकार सम्मेलन गरी आयोगले बिहीबार उम्मेदवार मनोनयनपत्र दर्तालगायत उपनिर्वाचनको आवश्यक तयारी पूरा भएको जनाएको हो ।

आउँदो मंसिर १४ गते विभिन्न कारणले रिक्त भएका प्रतिनिधिसभा सदस्य एक, प्रदेशसभा सदस्य तीन, स्थानीय तह प्रमुख एक, अध्यक्ष तीन, उपाध्यक्ष एक र वडाध्यक्ष ४३ गरी ३७ जिल्लाका ५२ स्थानहरुमा उपनिर्वाचन हुँदैछ ।

उपनिर्वाचन सम्पन्न गर्न असोज १५ गते आयोगबाट स्वीकृत भएको कार्यक्रमअनुसार प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यका लागि बिहीबार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवार मनोनयनपत्र दर्ताको समय तोकिएको छ ।

कार्यक्रमअनुसार २४ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र २५ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिनेछ ।

यस्तै, स्थानीय तहका सदस्य पदका लागि कात्तिक २७ गते बिहान १० बजेदेखि १ बजेसम्म उम्मेदवार मनोनयनपत्र दर्ता गर्ने र कात्तिक ३० गते साँझ ५ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको छ ।

स्थानीय तहका सदस्यका उम्मेदवारहरुलाई मंसिर १ गते अपराह्न ४ बजेसम्म निर्वाचन चिह्न दिने कार्यतालिका रहेको छ ।प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले उपनिर्वाचनबाट मुलुकको निर्वाचन प्रणालीमा केही सुधार भएको संकेत देखिने बताए ।

उपनिर्वाचनमा जम्मा १०१ राजनीतिक दलले भाग लिनसक्ने गरी आयोगले राजनीतिक दल र निर्वाचन चिह्न वितरण सार्वजनिक गरिसकेको छ । जसमध्ये प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यमा ९५ दल र स्थानीय तहको सदस्यको पदमा ७८ दलले उपनिर्वाचनमा भाग लिन सक्नेछन् ।

उपनिर्वाचनमा सहभागी हुने मतदाताको संख्या चार लाख ५४ हजार ११४ रहेको छ । मतदानका लागि २४७ मतदानस्थल र ५३७ मतदान केन्द्र तोकिएको छ । उपनिर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगले मंसिर ५ देखि ११ गतेसम्म मतदाता शिक्षा सन्चालन गर्दैछ ।

मंसिर १४ गते बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म मतदान गर्न तोकिएको समयमा मतदाताले आयोगबाट जारी परिचयपत्र अनिवार्यरुपमा लिनुपर्ने व्यवस्था गरिएको छ ।

निर्वाचन आयोगले उपनिर्वाचनका लागि ३७ मुख्य निर्वाचन अधिकृत र ११ जना निर्वाचन अधिकृत तोकेको छ । यस्तै, उपनिर्वाचन प्रयोजनका लागि २०७४ सालमा सम्पन्न निर्वाचनमा निर्धारण गरिएको मापदन्डअनुसार नै खर्चको सीमा निर्धारण गरिएको छ ।

आयोगले उपनिर्वाचनलाई स्वच्छ, निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न सबैसँग अनुरोध गरेको छ ।

प्रकाशित मिति : २० कार्तिक २०७६, बुधबार  १० : ३० बजे

पश्चिम एसिया द्वन्द्वका कारण छ लाखभन्दा बढी यात्रु भारत फर्किए

नयाँदिल्ली – अमेरिका–इजरायल र इरानबीचको द्वन्द्व दोस्रो महिनामा प्रवेश गरिरहँदा

गृहमन्त्री नपाएका डिपीलाई रास्वपाले सभामुखमा अघि सार्ने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीको स्थापनाकालदेखि नै उपसभापति बनेका डिपी

गृहमन्त्री गुरुङ त्रिभुवन विमानस्थलको अनुगमनमा

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ अनुगमनका लागि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल

फेरि बढ्यो डिजेल र पेट्रोलको मूल्य (सूचीसहित)

काठमाडौं – इन्धनको मूल्यमा फेरि वृद्धि गरिएको छ। नेपाल आयल

व्यापारी भट्टमाथि १० दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

काठमाडौं – जिल्ला अदालतले सम्पत्ति शुद्धिकरण कसुरमा व्यापारी दीपक भट्टमाथि