मोनोरेल चढेर भेरी–बबईको निरीक्षणमा पुगे मन्त्री पुन « Khabarhub

मोनोरेल चढेर भेरी–बबईको निरीक्षणमा पुगे मन्त्री पुन


२० कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले भेरी बबई बहुद्देश्यीय डाइभर्सन आयोजनाको निरीक्षण गरेका छन् । बबई किनार हात्तीखालस्थित सुरुङको निकासद्वारबाट ‘मोनोरेल’ चढेर चिप्लेमा रहेको प्रवेशद्वार पुगेका मन्त्री पुनले बुधबार आयोजनाको निरीक्षण गरे ।

नेपालमै पहिलोपटक टनेल बोरिङ मेसिन (टिबिएम) मार्फत १२.२ किमी लामो यो सुरुङ निर्माण गरिएको हो । निर्माण अवधिभन्दा झण्डै एक वर्षअघि सम्पन्न भएको सुरुङको ‘ब्रेक थ्रु’ यही वैशाख ३ गते प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए ।

आयोजनाले सुरुङ निर्माण गर्ने क्रममा मोनोरेल ल्याएको थियो । मन्त्री पुनको टोलीलाई मोनोरेलबाट चिप्ले पुग्न करीब एक घण्टा लागेको थियो । आयोजनाका प्रमुख सञ्जिव बरालले आयोजनाको पछिल्लो प्रगतिबारे ‘ब्रिफिङ’ गरेका थिए ।

आयोजना निरीक्षणका क्रममा ऊर्जामन्त्री पुनले राष्ट्रिय गौरवको आयोजनामा बजेट र जनशक्ति अभाव हुन नदिने प्रतिबद्धता जनाए । ‘प्रधानमन्त्रीज्यूले प्रत्यक्ष निगरानी गरिराख्नुभएको छ, कुनै बाधा व्यवधानबिना आयोजना बन्छ’, कर्मचारीलाई निर्देशन दिँदै उनले भने, ‘कुनै लापरवाही नगरी निर्धारित समयभन्दा अगावै सक्ने गरी काममा खटिनुस् ।’

उनले बाँध र विद्युत् गृहलगायतका संरचनाको एकैसाथ निर्माण प्रक्रिया शुरु गरिएको बताए । जनताको जलविद्युत् आयोजनाअन्तर्गत छुट्टै कम्पनी दर्ता गरेर हात्तीखालमा ४८ मेगावाट विद्युत् उत्पादन गरिने उनको भनाइ थियो ।

पूर्वी सल्यानको दार्मा गाउँपालिकामा विद्युत् लाइन विस्तारसम्बन्धी कार्यक्रम जाने क्रममा मन्त्री पुनले भेरी–बबईको निरीक्षण गरेका हुन् ।

प्रकाशित मिति : २० कार्तिक २०७६, बुधबार  १० : ४९ बजे

नोरा फतेही मुम्बई दुर्घटनापछि पनि स्टेजमा चम्किइन्

काठमाडौं– बलिउड अभिनेत्री नोरा फतेही शनिबार मुम्बईमा सानो कार दुर्घटनामा

ओडारमा रात कटाउनुपर्ने अवस्थाको अन्त्य

म्याग्दी– रघुगङ्गा गाउँपालिका–७ चिमखोलामा अवस्थित पर्यटकीयस्थल सोवाङ धुरीमा आश्रयस्थल निर्माण भएपछि

चिसोले गरिब बस्तीको जनजीवन कष्टकर

महोत्तरी– मङ्सिरभरि झलमल्ल घाम लाग्दा सामान्य रहेको यहाँको जनजीवन पुस

चीनद्वारा नयाँ सञ्चार प्रविधि उपग्रह प्रक्षेपण

वेन्चाङ– चीनले शनिबार दक्षिण चीनको हाइनान प्रान्तस्थित वेन्चाङ अन्तरिक्ष प्रक्षेपण

पर्यटन प्रवर्द्धनमा गोरखा र लमजुङका पालिकाको पहल

गोरखा– गोरखा र लमजुङ जोड्ने बुद्ध हिमाल–हिमालचुली ग्रेट लेक सर्किट