चार्डपर्वले नेपालीबीच पारस्परिक सम्बन्ध बढाउँछन् : राष्ट्रपति « Khabarhub

चार्डपर्वले नेपालीबीच पारस्परिक सम्बन्ध बढाउँछन् : राष्ट्रपति


२३ फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले चार्डपर्वले नेपालीबीच पारस्परिक सम्बन्ध बढाउने बताएकी छन् । आज (बिहीबार) शेर्पालगायत बौद्ध धर्मावलम्बीले नयाँ वर्षका रुपमा मनाउने महान् पर्व ‘ग्याल्बो ल्होसार’का अवसरमा शुभकामना दिँदै राष्ट्रपतिले चार्ड पर्वले सबैमा भ्रातृत्व जगाउने बताएकी छन् ।

राष्ट्रपतिले जारी गरेको शुभकामना सन्देशमा विविधताले भरिएको नेपाली समाजका यस्ता चाडपर्व साझा सम्पत्ति भएको उल्लेख गरिएको छ । यस्ता पर्वले नेपाल र नेपालीबीच बन्धुत्व र पारस्परिक सम्बन्ध बढाउनाका साथै एकार्काको संस्कृतिको सम्मानसहित आपसी एकता, सद्भाव र सहिष्णुतालाई अक्षुण राख्न सघाउ पुग्ने उनको विश्वास छ ।

राष्ट्रपतिले सन्देशमार्फत सबै नेपालीमा नयाँ उमङ्गसहित हर्षाेल्लास, शान्ति र भ्रातृत्वको सन्देश फैलाउन सकोस् भन्ने शुभेच्छा व्यक्त गर्दै सम्पूर्ण नेपालीलाई शुभकामना दिएकी छन् ।

प्रकाशित मिति : २३ फाल्गुन २०७५, बिहीबार  ८ : २० बजे

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार

दुबई पुग्यो डीडीसीको घिउ र याक चिज

काठमाडौं – दुग्ध विकास संस्थान (डीडीसी)को थप एक हजार ५००

मिठाईमा मिसाइएका पदार्थ र उपभोग्य मिति अनिवार्य

काठमाडौं – मिठाई उत्पादन तथा बिक्री वितरण गर्ने व्यवसायीले आफूले

हात्ती मारेको अभियोगमा पक्राउ

सप्तरी – हात्ती मारेर गाडेको आरोपमा शुक्रबार एक जनालाई पक्राउ