चार्डपर्वले नेपालीबीच पारस्परिक सम्बन्ध बढाउँछन् : राष्ट्रपति « Khabarhub

चार्डपर्वले नेपालीबीच पारस्परिक सम्बन्ध बढाउँछन् : राष्ट्रपति


२३ फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले चार्डपर्वले नेपालीबीच पारस्परिक सम्बन्ध बढाउने बताएकी छन् । आज (बिहीबार) शेर्पालगायत बौद्ध धर्मावलम्बीले नयाँ वर्षका रुपमा मनाउने महान् पर्व ‘ग्याल्बो ल्होसार’का अवसरमा शुभकामना दिँदै राष्ट्रपतिले चार्ड पर्वले सबैमा भ्रातृत्व जगाउने बताएकी छन् ।

राष्ट्रपतिले जारी गरेको शुभकामना सन्देशमा विविधताले भरिएको नेपाली समाजका यस्ता चाडपर्व साझा सम्पत्ति भएको उल्लेख गरिएको छ । यस्ता पर्वले नेपाल र नेपालीबीच बन्धुत्व र पारस्परिक सम्बन्ध बढाउनाका साथै एकार्काको संस्कृतिको सम्मानसहित आपसी एकता, सद्भाव र सहिष्णुतालाई अक्षुण राख्न सघाउ पुग्ने उनको विश्वास छ ।

राष्ट्रपतिले सन्देशमार्फत सबै नेपालीमा नयाँ उमङ्गसहित हर्षाेल्लास, शान्ति र भ्रातृत्वको सन्देश फैलाउन सकोस् भन्ने शुभेच्छा व्यक्त गर्दै सम्पूर्ण नेपालीलाई शुभकामना दिएकी छन् ।

प्रकाशित मिति : २३ फाल्गुन २०७५, बिहीबार  ८ : २० बजे

महिला समूहलाई नौमती बाजा बजाउन भ्याइनभ्याई

दाङ– तुलसीपुर उपमहानगरपालिका–४ मजुवाका मुना ओलीलाई बाजा बजाउन भ्याइनभ्याई छ

युवाका माग सम्बोधन गर्न लामो समयदेखि आवाज उठाएको छु : डा. कोइराला

काठमाडौं – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले युवाको माग

जीप दुर्घटनामा एकजनाको मृत्यु, एक जना घाइते

तनहुँ– तनहुँको म्याग्दे गाउँपालिका–४ कोलडाँडामा भएको जीप दुर्घटनामा एक जनाको

एकै दिन ४ महिनापछि दुई फिल्मले तोके जेठ १५ लाई प्रदर्शन मिति

काठमाडौं – जेठ १५ गते अर्थात् गणतन्त्र दिवसको सार्वजनिक बिदा

प्रशासनमा कहिले आउला डिजिटल युग ?

युग डिजिटलमय छ । समाजका तीनवटै पुस्ता डिजिटल बन्दै गएका