निर्मला हत्या प्रकरण– दिल्ली विष्टसहित ८ जनाविरुद्ध मुद्दा दर्ता, ६ जना प्रहरी नियन्त्रणमा « Khabarhub

निर्मला हत्या प्रकरण– दिल्ली विष्टसहित ८ जनाविरुद्ध मुद्दा दर्ता, ६ जना प्रहरी नियन्त्रणमा


२३ फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महेन्द्रनगर– निर्मला हत्या प्रकरणको अनुसन्धानमा गम्भीर लापरवाही गर्ने र पीडित परिवारलाई यातना दिएको आरोप लागेका प्रहरी कर्मचारीविरुद्ध अदालतमा मुद्दा दर्ता भएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका तत्कालीन प्रमुख (पदबाट बर्खास्त एसपी) दिल्ली विष्टसहित ८ जनाविरुद्ध जिल्ला अदालत कञ्चनपुरमा मुद्दा दर्ता भएको हो ।

निर्मलाकी आमा दूर्गादेवी पन्त र दिलिपसिंह विष्टका दाई खड्ग विस्टको जाहेरीले जिल्ला सरकारी वकिलको कार्यालय कञ्चनपुरले दालतमा मुद्दा दर्ता गरेको हो ।

तत्कालीन एसपी विष्टसहित जिप्रका कञ्चनपुरका तत्कालीन डिएसपी ज्ञानबहादुर सेठी, सिआईबीका डिएसपी अंगुर जिसी, जिप्रका कञ्चनपुरका इन्सपेक्टर एकेन्द्र खड्काविरुद्ध अनुसन्धानका क्रममा यातना दिएको अभियोगमा मुद्दा दर्ता गरिएको छ । यस्तै, वडा प्रहरी कार्यालय महेन्द्रनगरका तत्कालीन इन्सपेक्टर जगदिश भट्ट, सईहरु हरिसिंह धामी तथा रामसिंह धामी र प्रहरी जवान चाँदनी साउदविरुघ प्रमाण नस्ट गरेको अभियोगमा मुद्दा दर्ता गरिएको छ ।

६ जनालाई हिरासतमा लिएर अनुसन्धान

जिल्ला सरकारी वकिलको कार्यालयले अदालतमा मुद्दा दर्ता गरेसँगै प्रहरीले ६ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको छ ।

जिल्ला प्रहरी कार्यालयका तत्कालीन डिएसपी ज्ञानबहादुर सेठी, इन्सपेक्टरहरु एकेन्द्र खड्का र जददिश भट्ट, सईहरु हरिसिंह धामी तथा रामसिंह धामी र प्रहरी जवान चादनी साउँदलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

मुद्दा दर्ता गरिएसँगै उनीहरुलाई बुधवार अदालतमा समेत उपस्थित गराइएको थियो ।

मुद्दामा प्रतिवादी बनाइएका तत्कालीन एसपी विष्ट र सिआईबीका तत्कालीन डिएसपी जिसी भने ‘फरार’ रहेका जनाइएको छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०७५, बिहीबार  ११ : १५ बजे

विपक्षीको नाराबाजीबीच संसद् बैठक २५ गतेसम्मका लागि स्थगित

काठमाडौं– विपक्षी दलहरूले वेलमा नाराबाजी गरेपछि प्रतिनिधिसभा बैठक स्थगित भएको

सभापति लामिछानेले आजै भारतीय गृहमन्त्री शाहसँग भेट गर्दै

काठमाडौं – भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने

नेकपा सांसद दुलालद्वारा प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्तिबारे रास्वपाको धारणा माग

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टी नेकपाका सांसद युवराज दुलालले प्रधानमन्त्री वालेन्द्र

विपक्षीको विरोध नरोकिएपछि संसद् बैठक जेठ २५ सम्मलाई स्थगित

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले गत जेठ १७ गते दिएको गम्भीर

विपक्षी दलहरूले मागे प्रधानमन्त्री वालेन्द्र शाहको राजीनामा

काठमाडौं- प्रतिनिधि सभाको मंगलबारको बैठकमा प्रमुख प्रतिपक्षी दलहरूले प्रधानमन्त्री वालेन्द्र