पीएसजीको च्याम्पियन्स लिग यात्रा समाप्त « Khabarhub

पीएसजीको च्याम्पियन्स लिग यात्रा समाप्त


२३ फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रोमेलु लुकाकुले दुई तथा मार्कुस रासर्फोडले एक गोल गर्दा फ्रान्सेली महारथी पेरिस सेन्ट जर्मन (पीएसजी) म्यानचेस्टर युनाइटेडसँग पराजित भएको छ ।

च्याम्पियन्स लिगको अन्तिम १६ को दोस्रो लेगमा पीएसजी इङ्ग्लीस क्लब म्यानचेस्टर युनाइटेडसँग ३—१ गोल अन्तरले पराजित भएको हो ।

पीएसजीको घरेलु मैदानमा युनाइटेडका युवा खेलाडी लुकाकु र रासफोर्डले गोल गर्दै टिमलाई क्वाटरफाइनलसम्म पुर्याए । ओले गनर सोल्सायरका तर्फबाट लुकाकुले खेलको दोस्रो मिनेटमै पाएको गोल अवसरलाई गोलमा परिणत गर्दै टिमलाई अग्रता दिलाए । केहीमिनेटको अग्रतालाई पीएसजीका युआन बेनार्टीले खेलको १२ औं मिनेटमा पहिलो गोल गर्दै युनाइटेडविरुद्ध खेल बराबरीमा पुर्याएका थिए ।

१—१ गोलको बराबरीमा रहेको खेलमा युनाइटेडका लुकाकुले व्यक्तिगत दोस्रो गोल गर्दै ३० औं मिनेटमा खेल २—१ को अवस्थामा पुर्याएका थिए । पहिलो हाफमा २—१ को अवस्थामा रहेको खेलमा रासफोर्डले खेलको अतिरिक्त समयमा गोल गर्दै पीएसजीविरुद्ध टिमलाई ३—१ को जीत दिलाए ।

पीएसजीका लागि युवा स्टार एमबाप्पे र इडिन्सन काभानीले फरवार्ड लाइन सम्हालेपनि गोल गर्न नसक्दा यो सिजनको च्याम्पियन्स लिगको यात्रामा बिराम लागेको छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०७५, बिहीबार  ११ : ३५ बजे

सरकारी कामकाजमा मातृभाषा कार्यान्वयन चुनौतीपूर्ण

पाटन– सरकारी कामकाजमा मातृभाषा कार्यान्वयन अझैपनि चुनौतीपूर्ण रहेको सरोकारवालाले बताएका

सञ्चारमन्त्रीद्वारा देश र जनताको हितमा काम गर्न निर्देशन

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले देश र जनताको

अब कसको होला कांग्रेस र रुख चिह्न ?

काठमाडौं– नेपाली कांग्रेसले बुधबारदेखि अर्को पीडा अर्थात् विभाजन खेपेसँगै वैधानिकताको

विशेष महाधिवेशनमा नारा, ‘सानेपा खाली गर, गगन-विश्व आउँदैछन्’

काठमाडौं- नेपाली कांग्रेस संस्थापन पक्षको केन्द्रीय कार्य समिति बैठकले महामन्त्रीद्वय