नेपाली फुटबल टोलीले कुवेत र मलेसियासँग मैत्रीपूर्ण खेल खेल्ने « Khabarhub

नेपाली फुटबल टोलीले कुवेत र मलेसियासँग मैत्रीपूर्ण खेल खेल्ने


२३ फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली राष्ट्रिय फुटबल टोलीले कुवेत र मलेसियाको राष्ट्रिय टोलीसँग मैत्रीपूर्ण खेल खेल्ने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जानकारी दिएको छ ।

नेपालले कुवेत र महिलेसियासँग मार्च महिनाभित्रै पाँच दिनको अन्तरमा मैत्रीपूर्ण खेल खेल्नेछ । मैत्रीपूर्ण खेल कुवेतसँग मार्च २१ र मलेसियासँग २६ मार्चमा हुनेछ । नेपाली टोली खेलका लागि कुवेत र मलेसिया पुग्नेछ ।

योसँगै नेपाल कुवेत र मलेसियाविरुद्ध क्रमश पाँच र सातौं पटक मैदान उत्रिदै छ ।

केही दिन अगाडि मात्रै नेपाली राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएका योहान कालिनले छिट्टै मैत्रीपूर्ण खेलका लागि टोलीको घोषणा गर्ने बताएका छन् ।

“यो मेरो पहिलो काम हो । हाम्रा लागि यी दुई खेल महत्वपूर्ण छन्, खासगरि मेरा लागि र टिमका लागि पनि । यु—२३ को टिम थाइल्यान्डमा हुने एएफसी यु—२३ च्याम्पियनसिप छनोटका लागि अभ्यासमा व्यस्त छ । त्यसका केही नयाँ अनुहार मेरो टिममा पनि पर्नेछन्,” कालिनले भने, “यो हाम्रा लागि परीक्षण पनि हो । हामी दुवै खेलमा राम्रो खेल्न चाहान्छौं ।”

प्रकाशित मिति : २३ फाल्गुन २०७५, बिहीबार  १ : ४७ बजे

यस्तो छ आजको कृषिउपजको थोक मूल्य

काठमाडौं–  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

सानोथिमि बाल सुधारगृहमा झडप र आगजनी

भादगाउँ– मध्यपुरथिमि–२ सानोथिमिस्थित बाल सुधारगृहमा बिहीबार राति झडप र आगजनी

सुशील स्टारर ‘परिवर्तन’ प्रदर्शनमा आएपछि हलमा छन् ६ नेपाली फिल्म

काठमाडौं – नायक सुशील श्रेष्ठ र नायिका अञ्जना बराइली स्टारर

कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज शुक्रबार बस्दैछ ।

चिया पसलदेखि सार्वजनिक यातायातसम्ममा चुनावी बहस

बेलबारी– प्रतिनिधिसभा सदस्यका लागि आगामी फागुन २१ गते हुने निर्वाचनमा