पिसाब फेर्दै गरेको भिडियो सार्वजनिक गरेपछि विवादमा तानिए ब्राजिलका राष्ट्रपति « Khabarhub

पिसाब फेर्दै गरेको भिडियो सार्वजनिक गरेपछि विवादमा तानिए ब्राजिलका राष्ट्रपति


२३ फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– सामाजिक सञ्जाल ट्वििटमा अश्लील भिडियो सार्वजनिक गरेपछि ब्राजिलका दक्षिणपन्थी राष्ट्रपति जैर बोलसोनारो विवादमा तानिएका छन् ।

बोलसोनारोले साओ पाउलो शहरमा भएको कार्निभल फेष्टिभलमा एकजना व्यक्तिले अर्का व्यक्तिको टाउकोमा पिसाब फेरेको भिडियो गत मंगलबार सार्वजनिक गरेपछि राष्ट्रपति बोलसोनारो विवादमा तानिएका हुन् ।

भिडियो सार्वजनिक गरेसँगै ब्राजिलका विभिन्न अभियन्ताहरुले बोलसोनारोले गोपनियताको हकको उल्लङ्घन गरेको आरोप लगाएका छन् ।

ब्राजिलका पत्रकार फबियो पान्नुजियोले बोलसोनारोले सार्वजनिक गरेको भिडियो आफ्नी ६ वर्षीया छोरी तथा अन्य केटाकेटीले हेरेको भन्दै बोलसोनारोलाई तत्काल स्वास्थ्य सहायता चाहिएको टिप्पणी गरेका छन् ।

केहीले भने बोलसोनारोले अश्लील भिडियो सार्वजनिक गरेर ट्विटरको नियम उल्लङ्घन गरेको टिप्पणी गरेका छन् ।

भिडियोको क्याप्सनमा राष्ट्रपतिले लेखेका छन् – ‘म यो देखाउन सहज महसुस त गरिरहेको छैन । तर, हामीले मानिसहरुलाई सत्य कुरा बाहिर देखाउनुपर्छ ।’

मंगलबार सार्वजनिक भिडियोमा कार्निभल फेष्टिभलमा एक जना अर्धनग्न मानिस सडकछेउ रहेको बस बिसौनीको छानोमाथि चढेर नाचिरहेको देखिन्छ । त्यसको केही समयपछि नाचिरहेको मानिसले टाउको निहु¥याएका थिए भने बस बिसौनीको छतमै रहेका अर्का मानिसले उनको टाउकोमा पिसाब फेरेका थिए ।

‘ब्राजिलका कार्निभलका धेरै सडक पार्टीहरुमा यस्तै भइरहेको छ,’ उनले क्याप्सनमा थपेका छन् ।

मंगलबार भिडियो सार्वजनिक गरेका बोलसोनारोले बुधबार अर्को ट्विट गर्दै ‘गोल्डेन शावर भनेको के हो ?’ भन्ने प्रश्न गरेका थिए ।

लामो समयदेखि ब्राजिलका कन्जरभेटिभ दक्षिणपन्थी विचारका मानिसहरु ब्राजिलमा हुने कार्निभलमा अश्लील गतिविधिको आलोचना गर्दै आइरहेका छन् ।

यसअघि पनि लैङ्गिक तथा जातीय अल्पसङ्ख्यकविरुद्ध विभिन्न विवादास्पद टिप्पणी गर्दै आएका बोलसोनारो पटक–पटक विवादमा तानिँदै आएका छन् ।

यता ब्राजिलको राष्ट्रपति कार्यालयले भने राष्ट्रपतिले कार्निभलको भन्दा पनि कार्निभलको विकृति देखाउन खोजेको जनाएको छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०७५, बिहीबार  २ : ३६ बजे

सुदूरपश्चिम प्रदेशका २६ पालिकालाई रासायनिक मल उठाउन अनुरोध

काठमाडौं– सुदूरपश्चिम प्रदेशका नौ जिल्लाको २६ पालिकालाई विनियोजन गरिएको रासायनिक

पसलबाट सुनचाँदी चोरी भएको नाटक गर्दा पुगे प्रहरीको हिरासतमा

रुपन्देही- बुटवलस्थित एक सुनचाँदी पसलबाट करिब डेढ करोड रुपैयाँ बराबरका

कश्मीरमा हेलिकप्टर दुर्घटना

इस्लामाबाद– कश्मीरको मुजफ्फराबाद सहर नजिकै प्राविधिक समस्याका कारण पाकिस्तानी सेनाको

संसद्‍मा ‘चिसै पानी’ले नुहाउन बाध्य भए प्रतिपक्षी !

काठमाडौं- प्रतिनिधिसभा सुरू भएदेखि निरन्तर आन्दोलित आएका प्रतिपक्षी दलले पछिल्लो

महानगरद्वारा आगामी आर्थिक वर्षका लागि सुझाव सङ्कलन

विराटनगर– आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट, नीति तथा