हातमा यस्तो रेखा भए चम्कने छ भाग्य « Khabarhub

हातमा यस्तो रेखा भए चम्कने छ भाग्य


२१ मंसिर २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

शनिदेवलाई न्यायको देवता मानिन्छ । अर्थात् राम्रो काम गर्नेलाई राम्रो र नराम्रो काम गर्नेका लागि नराम्रो फल दिने देवताका रुपमा शनिदेवलाई लिने गरिएको छ ।

ज्योतिष शास्त्रमा शनिको दशा चलेको समयलाई मानिसले निरास रुपमा लिने गरेका हुन्छन् तर शनिदेव सधै नराम्रो गर्ने देवता नभएको धर्मशास्त्रहरुमा उल्लेख गरिएको छ ।

शनिदेव जसको राम्रो हुन्छ, भविष्यमा उ देशको सबैभन्दा महत्वपूर्ण मान्छे बन्न सक्ने ज्योतिष शास्त्रको मान्यता रहेको हुन्छ ।

हस्तरेखा शास्त्रका अनुसार जसको हत्केलामा शनि र शनिका साथै अन्य ग्रहको दशा हुन्छ, उसैअनुरुप हाम्रो जीवन अघि बढ्छ । केही व्यक्तिको स्वभाव देखि यसको करिअरसम्म पनि यो रेखा हेरेर पत्ता लगाउन सकिन्छ । यहाँ हत्केलामा हुने शनि रेखाको बारेमा बताइएको छ ।

जुन मानिसको हत्केलामा शनि पर्वत हुन्छ । त्यो मानिस अधिक धन सम्पत्तिको मालिक बन्छ । यसका साथै शनि पर्वतको साथ अन्य मंगल पर्वत भएको मानिस साहसी र सफलता हासिल गर्ने खालको हुन्छ ।

हस्तरेखा शास्त्रअनुसार यस्ता मानिसलाई कहिल्यै धनको कमी हुँदैन ।

शनिको स्थान भएको औंला लामो भएमा त्यस व्यक्ति शान्तिको प्रिय हुन्छ । उसलाई धार्मिक कार्य गरिरहन मन पर्छ भने आफ्नो करिअरप्रति धेरै नै इमान्दार हुन्छ । उसले नयाँ उचाई प्राप्त गर्छ ।

यदि कसैको हातको हत्केलामा जुन स्थानमा शनि हुन्छन्, धेरै रेखाहरू काटिएको छ या जीवन रेखा सीधा वा दोषपूर्ण छ भने शनिका दशा मानिन्छ । यस बाहेक हत्केलामा रेखाहरूको जार हुन्छ, उसलाई शनिको दशा नभएको मानिन्छ ।

शनिको साथै बृहस्पति राम्रो भएमा त्यस्तो मानिस बुद्धिमानी र स्वाभिमानी हुने मानिन्छ । उसले हर क्षेत्रमा उच्च शिक्षाका साथै प्रशासनिक क्षेत्रमा समेत राम्रो रहन्छ । उद्योगमा पनि उसले सफलता प्राप्त गर्छ ।

जस व्यक्तिको हत्केलामा शनि सिधा रहन्छ उस व्यक्तिको भाग्य राम्रो हुन्छ । त्यस्तो व्यक्ति कला क्षेत्रमा आफ्नो करिअर बनाउन सक्दछ ।

जुन मानिसको हत्केलामा शनि र सूर्यको स्थिती राम्रो हुन्छ, उसले आफ्नो जीवनमा सुख पाउँछ । यसका साथै उसको व्यक्तित्व पनि राम्रो हुन्छ । शास्त्रका अनुसार यस्ता व्यक्ति धेरै नामी तथा दामी हुन्छ ।

प्रकाशित मिति : २१ मंसिर २०७६, शनिबार  २ : ४१ बजे

हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो

मनाङ– मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ हिमालमा गएको हिमपहिरोमा हराइरहेकामध्ये

मनाङमा अलपत्र १६ पर्यटकको उद्धार

लमजुङ– मनाङमा अलपत्र परेका १६ जना इन्डोनेसियाली पर्यटकलाई आज हेलिकप्टरबाट

देउवा समूहले पठाएको पत्रलाई अभिलेखमा राख्न तोकादेश

काठमाडौं– नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा पक्षले पठाएको पत्रलाई

प्रतिमा गौतम कांग्रेस सहमहामन्त्रीको उम्मेदवार

काठमाडौं– नेपाली कांग्रेसकी नेत्री प्रतिमा गौतमले पार्टीको आगामी १५औँ महाधिवेशनमा