सातौँ भन्सार सुधार तथा आधुनिकीकरण योजना सार्वजनिक, ७ अर्ब बढी बजेट परिचालन गरिने
नेपाल सरकारले ‘सातौँ भन्सार सुधार तथा आधुनिकीकरण योजना (२०८३–२०८८) अघि सारेको छ ।
देशको भन्सार प्रशासनलाई पूर्ण रूपमा डिजिटल, सुरक्षित र अन्तर्राष्ट्रिय मापदण्ड अनुकूल बनाउने उद्देश्यका साथ आर्थिक वर्ष २०८३-८४ देखि २०८७-८८ सम्म पाँच वर्षका लागि कार्यान्वयनमा ल्याइने यस रणनीतिक योजनाले भन्सार सेवालाई पूर्ण रूपमा पेपरलेस, कन्ट्याक्टलेस र फेसलेस बनाउने दीर्घकालीन लक्ष्य राखेको छ।

यस सुधार योजनालाई सुदृढ बनाउन ५ वटा रणनीतिक आधारस्तम्भ, १० रणनीति, ३१ उद्देश्य, ८० क्रियाकलाप र ३६९ कार्यहरू निर्धारण गरिएको छ ।
मुख्य ५ आधारस्तम्भहरूमा व्यापार सहजीकरण, राजस्व व्यवस्थापन, नियन्त्रण तथा समाजको संरक्षण, भन्सार सञ्चालन तथा नवप्रवर्तन, र संस्थागत विकास रहेका छन् ।
यस योजनाले व्यापार लागत र समय घटाउँदै वैधानिक व्यापारलाई प्रवर्द्धन गर्ने र सीमा सुरक्षा तथा राजस्व चुहावट नियन्त्रणलाई प्रभावकारी बनाउने लक्ष्य लिएको छ ।
आइक्यान र आइसिएआईबीच एमआरए सम्झौता नवीकरण, नेपाली र भारतीय सिएलाई व्यावसायिक अवसर
बजाज पल्सर एनएस सिरिजको ब्रान्ड एम्बेसडरमा रविन्द्र ढाँट
अर्थशास्त्री डा वलीले कांग्रेसको केन्द्रीय सदस्यका लागि उम्मेदवारी दिने
रसुवा बाढीले क्षतिग्रस्त गल्छी–बेत्रावती सडकमा ट्रयाक खुल्यो, आवतजावत सुरु
सरकारले निजी क्षेत्रलाई विद्युत् प्रसारण लाइन प्रयोग गर्न खुला गर्यो, ईआरसीद्वारा `ह्वीलिङ चार्ज´ सार्वजनिक
सरकारले निजी क्षेत्रलाई राष्ट्रिय प्रसारण लाइन प्रयोग गर्न खुला गरेको छ ।
ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले विद्युत् व्यापारमा निजी क्षेत्रलाई सहभागी गराउने उद्देश्यका साथ प्रसारण लाइन प्रयोगको बाटो खोलेको हो ।

मन्त्रालय मातहतको विद्युत् नियमन आयोगले बिहीबार ऊर्जामन्त्री विराजभक्त श्रेष्ठको उपस्थितिमा निजी क्षेत्रलाई राष्ट्रिय प्रसारण लाइन प्रयोग गर्न दिन प्रसारण दस्तुर (ह्वीलिङ चार्ज) निर्धारण सार्वजनिक गरेको छ ।
एनसेल ग्राहकलाई आइफोन १८ खरिदमा विशेष बन्डल प्याकेज
चीनसँग व्यापारिक कारोबार हुने तीनवटै नाका बन्द हुँदा आयात-निर्यातमा असर
साल्ट ट्रेडिङ कर्पोरेशनलाई तीन लाख जरिवाना
भैरहवामा दुई करोड ५१ लाख मूल्यका दुई किलोभन्दा बढी सुनका गरगहना बरामद
रसिया-युक्रेन युद्ध र प्रतिकूल मौसमका कारण विश्वबजारमा कृषि उपजको मूल्यमा सन् २०२२ यताकै ठूलो वृद्धि














प्रतिक्रिया