नखानुस् खाली पेटमा यी खानेकुरा « Khabarhub

नखानुस् खाली पेटमा यी खानेकुरा


२१ मंसिर २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

खानेकुरा खाँदैमा स्वस्थ हुइन्छ भन्ने होइन । त्यसका लागि सही समय र तौरतरिकालाई पनि ख्याल गर्नु वा मिलाउनु पर्ने हुन्छ ।

अन्यथा स्वस्थकर खानेकुराले पनि तपाईलाई बिरामी पार्न सक्ने वा रोग निमत्याउन सक्ने खतरा रहन्छ । खाली पेट वा भरिएको पेट भएको बेलामा केही खानेकुरा नखानु भन्ने नेपाली समाजमा पनि चलन चल्तीमा रहेको हुन्छ ।

आज हामी यस्ता केही खाने कुरा जो खाली पेट खान उपयुक्त हुँदैन त्यस्ता खानेकुराबारे यहाँ चर्चा गर्न गइरहेका छौं

केराः पौष्टिक आहार भरिपूर्ण फल मानिन्छ । यसमा आइरन र पोटासियमको मात्रा बढी हुन्छ । बिहान खाली पेट खायो भने यो खतरनाक पनि हुन सक्छ ।

चिकित्सकका अनुसार विशेषगरी माइग्रेन र एसिडिटीका बिरामीले केरा खाली पेट खानु हुँदैन । किनकी खाली पेट केरा खाँदा एसिडिटी बढाउँछ ।

दहीः पेटका लागि निकै उपयोगी खानेकुरा हो । गर्मी मौसममा त यो निकै फाइदाजनक हुन्छ । खाली पेट दही खायो भने यसको पौष्टिक तत्व शरीरले पाउँदैन । एसिडिटी उत्पन्न हुन्छ ।

अमिला फलफूलः अधिकांशले रुचाउँछन् । तीमध्ये सुन्तला त धेरैको प्रिय मानिन्छ । खाली पेट खायो भने मानव शरीरका लागि विष बन्न सक्छन् । त्यसकारण अमिलो फलफूल खाली पेट खानुको सट्टा नास्ता गरेर खानु उपयुक्त हुने जानकार बताउँछन् ।

चिया वा कफीः चिया वा कफी पिउनु नेपाली संस्कृति नै बनेको छ । त्यससँगै निद्रा हटाउन पनि मानिसहरूले प्रायः चिया वा कफी पिउने गरेको पाइएको छ । यसले शरीरलाई रिलाक्स अनुभव गराउँछ । खाली पेट चिया वा कफी पिउँदा शरीरलाई फाइदा होइन, नोक्सान गराउँछ ।

खाली पेट चिया वा कफी पिउँदा शरीरमा एसिडिटीको मात्रा बढाउने चिकित्सकहरू बताउँछन् । उनीहरूका अनुसार चिया–कफीमा भएको कैफिन वा निकोटिनबाट एसिड बन्छ। यसले पाचन प्रणालीमा असर पुर्‍याउँछ।

प्रकाशित मिति : २१ मंसिर २०७६, शनिबार  २ : ५४ बजे

५८ करोड ५३ लाखभन्दा बढी राजस्व संकलन

दाङ– यातायात व्यवस्था कार्यालय तुलसीपुरले आर्थिक वर्ष २०८२-८३ मा ५८

रोकिराखेको बस आफैँ गुड्दा दुर्घटना, दुई तीर्थयात्रीको मृत्यु

त्रिशूली– नुवाकोटको टोखा–छहरे सडकखण्डमा आज भएको बस दुर्घटनामा दुई जनाको

काठमाडौंमा भारतको ८०औँ स्वतन्त्रता दिवस मनाइयो, ११ मृत सैनिकका परिवारलाई बीमा रकम प्रदान

काठमाडौं- भारतको ८०औँ स्वतन्त्रता दिवस शनिबार काठमाडौंस्थित भारतीय राजदूतावासमा विभिन्न कार्यक्रम

विशेष महाधिवेशन पक्षधरलाई साउदको जवाफ, ‘अदालतले वैधता देला, राजनीतिक एकता दिन सक्दैन’

काठमाडौं– नेपाली कांग्रेसका नेता एनपी साउदले इतर समूहको राष्ट्रिय भेलामा

नाइजेरियामा समुदायबीचको झडपमा २० जनाभन्दा बढीको मृत्यु

अबुजा- मध्य नाइजेरियाको नाइजर राज्यमा प्रतिद्वन्द्वी काम्बारी र फुलानी समुदायबीच भएको