अतिवादीको आक्रमणमा आठ जनाको मृत्यु « Khabarhub

अतिवादीको आक्रमणमा आठ जनाको मृत्यु


२१ मंसिर २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सोमालिया – अफ्रिकी मुलुक सोमालियामा सक्रिय अल–शबाब समूहले बसमा गरेको आक्रमणमा उत्तरपूर्वी केन्यामा कम्तीमा आठ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

केन्याका राष्ट्रपति उहुरु केन्याटालाई यस आततायी घटनाका बारेमा जानकारी गराइएको राष्ट्रपति कार्यालयले जनाएको छ । यस आक्रमणमा केही सुरक्षाकर्मीको पनि मृत्यु भएको छ । एक जना वरिष्ट प्रहरी अधिकारीले आक्रमणमा कम्तीमा सात जना प्रहरीको हत्या भएको बताएका छन् ।

अल–शबाबले एक विज्ञप्ति प्रकाशर गरी सुरक्षाकर्मी र सरकारी कर्मचारी गरी १० जनाको हत्या गरिएको भन्दै जिम्मेवारी लिएको छ । यो आक्रमण भएको स्थान सोमालियासँग सीमा जोडिएको केन्याली भूमि हो । यस क्षेत्रमा नियमित झैं अल–शबाबले आक्रमण गरिरहेका छन् ।

गत जुन १५ मा वजिर काउन्टीमा पनि कम्तीमा आठ जना प्रहरी सुरक्षाकर्मीको हत्या भएको थियो ।

अल–कायदासँग आबद्ध अल–शबाबले अन्तर्राष्ट्रिय रुपमा मान्यताप्राप्त सोमाली सरकारलाई विस्थापित गर्न सशस्त्र हिंसात्मक आन्दोलन गरिरहेको छ । केन्याले सन् २०११ मा दक्षिणी सोमालियामा विद्रोही नियन्त्रणका लागि सेना पठाएको छ ।

प्रकाशित मिति : २१ मंसिर २०७६, शनिबार  ८ : ५८ बजे

सडकको कुकुरदेखि ‘विश्व शान्तिको दूत’सम्म : अलोकाको असाधारण यात्रा

कुनै समय सडकमा भौँतारिने एउटा कुकुर आज हजारौँ मानिसको आकर्षण

भारतसँग ‘पाखुरा सुर्किनु’ राष्ट्रवाद होइन, जलस्रोत र कूटनीतिमा नयाँ फड्कोको खाँचो

विश्व भूराजनीतिमा आएको अभूतपूर्व रूपान्तरण, प्रविधिको चौतर्फी हस्तक्षेप र बदलिँदो

भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

चितवन– चितवनको भरतपुर विमानस्थल परिसर अस्तव्यस्त भएको गुनासो बढेपछि जिल्ला

म्याग्दी फर्सेका बाढीपीडितलाई छोएन दसैँको रौनकले

म्याग्दी– नेपालीको विशेष पर्व दसैँको रमझम सुरु भएको छ ।

कांग्रेस केन्द्रीय सदस्यमा गण्डकीबाट किरणबाबु अगाडि, युवा खुलामा सुवासको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको