अतिवादीको आक्रमणमा आठ जनाको मृत्यु « Khabarhub

अतिवादीको आक्रमणमा आठ जनाको मृत्यु


२१ मंसिर २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सोमालिया – अफ्रिकी मुलुक सोमालियामा सक्रिय अल–शबाब समूहले बसमा गरेको आक्रमणमा उत्तरपूर्वी केन्यामा कम्तीमा आठ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

केन्याका राष्ट्रपति उहुरु केन्याटालाई यस आततायी घटनाका बारेमा जानकारी गराइएको राष्ट्रपति कार्यालयले जनाएको छ । यस आक्रमणमा केही सुरक्षाकर्मीको पनि मृत्यु भएको छ । एक जना वरिष्ट प्रहरी अधिकारीले आक्रमणमा कम्तीमा सात जना प्रहरीको हत्या भएको बताएका छन् ।

अल–शबाबले एक विज्ञप्ति प्रकाशर गरी सुरक्षाकर्मी र सरकारी कर्मचारी गरी १० जनाको हत्या गरिएको भन्दै जिम्मेवारी लिएको छ । यो आक्रमण भएको स्थान सोमालियासँग सीमा जोडिएको केन्याली भूमि हो । यस क्षेत्रमा नियमित झैं अल–शबाबले आक्रमण गरिरहेका छन् ।

गत जुन १५ मा वजिर काउन्टीमा पनि कम्तीमा आठ जना प्रहरी सुरक्षाकर्मीको हत्या भएको थियो ।

अल–कायदासँग आबद्ध अल–शबाबले अन्तर्राष्ट्रिय रुपमा मान्यताप्राप्त सोमाली सरकारलाई विस्थापित गर्न सशस्त्र हिंसात्मक आन्दोलन गरिरहेको छ । केन्याले सन् २०११ मा दक्षिणी सोमालियामा विद्रोही नियन्त्रणका लागि सेना पठाएको छ ।

प्रकाशित मिति : २१ मंसिर २०७६, शनिबार  ८ : ५८ बजे

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका