इन्टरनेट कुलतले ३० वर्ष नपुग्दै दीर्घरोग « Khabarhub

इन्टरनेट कुलतले ३० वर्ष नपुग्दै दीर्घरोग


२१ मंसिर २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

तपाई इन्टरनेट वा मोबाइलमा कतिको समय विताउँनु हुन्छ ? ख्याल गर्नुहोस् यसले तपाईलाई गम्भीर समस्यामा पनि पार्न सक्छ ।

५५ वर्ष भन्दा माथिका पुरुषमा देखा पर्ने गर्धन दुख्ने समस्या २५ वर्षको युवा अवस्थामा लाग्न सक्छ भने मेरुदण्डको हाड खिइने जटिल समस्या पनि आउन सक्छ ।

पछिल्लो समय गर्धन दुख्यो रिंगटा लाग्यो भन्दै जचाउँन अस्पताल पुग्ने युवाको संख्या बढीरहेको हाडजोनीसम्बन्धी तिकित्सक राजेश महर्जन बताउँछन् ।

कार्यालयमा काम गर्दा होस् या घरमा बस्दा कि कम्प्युटर कि मोबाइल चलाएर घन्टौं एउटै आशनमा बस्दा समस्या आउने डा महर्जनको भनाइ छ ।

डा. महर्जन भन्छन्, “हाम्रो शरीर कम्प्युटर चलाउँदा बस्ने वा मोबाइल चलाउँदा पल्टिने आसनका लागि बनेकै होइन।”
“तर पछिल्लो समय गर्धन दुख्यो भनेर आउने अधिकांश बिरामीको समस्या उनीहरू धेरै बेरसम्म एउटै ठाउँमा हलचल नगरी बस्नु हो।”

कार्यालयमा काम गर्ने व्यक्तिहरू मात्र नभई घरमा बस्ने गृहिणीमा पनि उमेर नपुग्दै त्यस्तै समस्या देखिने गरेको उनी बताउँछन् ।
त्यस्तो रोग लिएर आउने अधिकांश गृहिणीहरू घरमा मोबाइलमा सामाजिक सञ्जाल चलाएर बस्ने गरेको सुनाउँछन् ।

“‘श्रीमान् अफिस र छोराछोरी स्कूल/कलेज गएपछि काम हुँदैन अनि फेसबुक र युट्युब चलाएर बस्छौँ’ भन्नुहुन्छ,” डा. महर्जनले भन्छन्।
“उहाँहरूको पनि उमेर नपुग्दै हड्डी खिइने चरणमा पुगिसकेको भेटिन्छ।”

रोगको लक्षण

त्यसबाहेक मांसपेसी दुख्यो र गर्धन दुख्यो भन्ने खालका सामान्य दुखाइ लिएर आउने बिरामीको सङ्ख्या दिनदिनै बढ्दै गएको डा. महर्जन बताउँछन्।

धेरै बेर कम्प्युटरमा बस्ने वा मोबाइलमा चलाउने र दैनिकी नै त्यही बनाउँदा त्यसले सुरुमा गर्धनको मांसपेसी कक्रक्क हुने हुन्छ।

अनि बिस्तारै दुख्न थाल्ने र त्यसपछि घाँटी वा ढाडको हड्डीको आकार परिवर्तन हुन्छ। अन्तत: मेरुदण्डको हड्डी खिइएर स्नायुमै असर परेपछि निको बनाउनै नसक्ने अवस्थामा पुग्ने उनी बताउँछन्।

त्यसैले घाँटी कक्रक्क परेको छ र दुखाइ छ भने त्यही बेला नै उपचार गराउन, आवश्यक आराम गर्न र व्यायाम गर्न उनी सुझाउँछन्।

कसरी जोगिने?

त्यसबाट जोगिनका लागि डा. महर्जन यस्तो सुझाव दिन्छन् –

कम्प्युटर चलाउँदा वा मोबाइल चलाउँदा लामो समय एउटै आसनमा नबस्ने

३० मिनेट पुगेपछि अनिवार्य आफ्नो ठाउँबाट उठेर केहीबेर घाँटी, ढाड, पाखुरा र कम्मर चलाउने, सम्भव भएसम्म केही मिनेट हिँड्ने

कम्य्युटर चलाउँदा आँखाबाट स्क्रीन सीधा हुनेगरी राख्ने

भुइँ छोएर बस्न मिल्ने खालको कुर्सी रोज्ने

आरामदायी कुर्सीको सट्टा सामान्य खालको कुर्सीमा ढाड सीधा राखेर बस्ने

कम्प्युटर, मोबाइल वा घडीमा स्वास्थ्यसम्बन्धी सन्देश दिने एप राख्ने

प्रकाशित मिति : २१ मंसिर २०७६, शनिबार  ७ : ५२ बजे

बाढीले सडक बगाएपछि रसुवाका बाढीपीडितलाई ‘ड्रोन’को सहारा

काठमाडौँ – आजभोलि रसुवाको आमाछोदिङमो गाउँपालिकाको आकाशमा बेलाबेलामा ड्रोन उडिरहेको

एसीसी प्रिमियर कप फाइनल : आशिफको शतकमा नेपालले युएईलाई दियो ३१४ रनको चुनौती

काठमाडौँ – एसीसी प्रिमियर कपको फाइनलमा नेपालले संयुक्त अरब इमिरेट्स

एसीसी प्रिमियर कप फाइनल : युएईविरुद्ध गुल्सन झाको अर्धशतक

काठमाडौँ – एसीसी प्रिमियर कपको फाइनलमा नेपालका अलराउन्डर गुल्सन झाले

गैंडाकोटमा दुई बस ठोक्किँदा १८ जना घाइते

काठमाडौँ – नवलपरासी (बर्दाघाट सुस्ता पूर्व) को गैंडाकोट नगरपालिका–१२ हर्कपुरस्थित

एसीसी प्रिमियर कप फाइनलमा आशिफ शेखको शतक

काठमाडौँ – एसीसी प्रिमियर कपको फाइनलमा नेपालका ओपनर आशिफ शेखले