प्रहरीको भ्यान नै मापसे गरेर चलाएपछि…. « Khabarhub

प्रहरीको भ्यान नै मापसे गरेर चलाएपछि….


२१ मंसिर २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


177
Shares
  • change font
  • change font
  • change font

ताप्लेजुङ– सर्वसाधारणको सुरक्षा गर्ने र उनीहरुले नियम पालन नगरे कारवाही गर्ने अधिकार रहेको प्रहरीले नै कानूनको पालन नगर्दा बेलाबेलामा समस्या पर्ने गरेको छ ।

शनिवार ताप्लेजुङको कोप्छेमा यस्तै घटना घटेको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङको २३३५ नम्बरको भ्यानका चालक प्रहरीले मादक पदार्थ सेवन गरी भ्यान चलाएपछि दुर्घटनामा परेको हो ।

प्रहरीको भ्यान एउटा घरको कम्पाउण्डमा ठोक्किएपछि दुर्घटनामा परेको थियो । दुर्घटनामा परेको भ्यानका चालकले रक्सी पिएको थाहा पाएपछि सर्वसाधारणले भ्यानलाई घेरा हालेका थिए ।

त्यसक्रममा भ्यानका चालकले गियरसँगै रक्सी राखेको समेत फेला परेपछि चालक र प्रहरी विरुद्ध सर्वसाधारणले आक्रोश पोखेका थिए ।

उनीहरुले गाडी र मापसे गरी सवारीचलाउने चालकलाई नियन्त्रणमा लिएका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २१ मंसिर २०७६, शनिबार  ८ : ३८ बजे

निरन्तरको खोजीपछि चिलिमेको सुरुङभित्र भेटिए चार शव

काठमाडौं–  नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले निरन्तर खोजी तथा

नेप्से परिसूचक दोहोरो अंकले घट्यो

काठमाडौं– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो

परराष्ट्रमन्त्री खनालसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले

महासभामा नेपालले जलवायु परिवर्तनको मुद्दा सशक्त रूपमा राख्नुपर्छ : सांसद रेग्मी 

काठमाडौं– रास्वपा सांसद धनन्जय रेग्मीले राष्ट्रसंघको महासभामा नेपालले जलवायु परिवर्तनको

एआई विकास सुस्त बनाउनुपर्ने बहसबीच जुकरबर्गको प्रतिवाद

एजेन्सी– मेटाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मार्क जुकरबर्गले कृत्रिम बौद्धिकता