महिला साफ च्याम्पियनसिपका लागि २० सदस्यीय टोली घोषणा « Khabarhub

महिला साफ च्याम्पियनसिपका लागि २० सदस्यीय टोली घोषणा


२३ फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विराटनगरमा आयोजना हुने महिला साफ च्याम्पियनसिप खेल्ने २० सदस्यीय नेपाली राष्ट्रिय महिला टोली घोषणा गरिएको छ । विहीबार प्रशिक्षक हरि खड्काले २० सदस्यीय टोलीको घोषणा गरेका हुन् ।

टोलीको कप्तानी निरु थापाले पाएकी छन् । यस्तै, गोलकिपरमा एन्जिला तेम्वाप्पो सुब्वा, अन्जना राना मगर, उषा नाथ रहँदा टोलीको रक्षापक्तिमा हिरा कुमारी भुजेल, गीता राना, पुनम जर्गा मगर, अमृता जैशी, कविता धिमाल, पूजा राना र मनमाया लिम्वु छन् ।

यस्तै, मिडफिल्डरमा अनिता बस्नेत, दीपा राई, मन्जली योञ्जन, शर्मिला थापा, सुरु लिम्बु, रेनुका नगरकोटी र अनिता के सीले सम्हाल्नेछन् भने फरवार्डमा रेखा पौडेल, निरु थापा (कप्तान) र सावित्रा भण्डारी छन् ।

साफ खेल्दै खेलाडी जीवनबाट सन्यास लिने तयारीमा रहेकी पूर्व कप्तान अनु लामासहित बिमला चौधरी र सुनिता चौधरी २० सदस्यीय टोलीमा अटाएका छैनन् । विराटनगरमा साफको तयारी गरिरहेको नेपाली टोलीले घरेलु मैदानमा ट्रफी उचाल्ने लक्ष्य बनाएको प्रशिक्षक हरि खड्काले बताए ।

“प्रतियोगितामा सहभागी हरेक टोलीको लक्ष्य उपाधि नै हुन्छ । तर, हामीले विपक्षी टोली अनुसार समूह चरणमा जीत हासिल गर्दै फाइनलसम्म पुग्ने रणनीति बनाउँदै खेल्छौं,” हरि खड्काले भने । प्रतियोगिता फागुन २८ गतेदेखि विराटनगरको शहीद रंगशालामा शुरु हुनेछ ।

प्रकाशित मिति : २३ फाल्गुन २०७५, बिहीबार  ४ : ३७ बजे

रुकुमपूर्व : रुकुमकोट प्रहरी चौकी कब्जा गरेको क्षेत्र घुम्दै प्रचण्डले सुरु गरे घरदैलो अभियान

रुकुम पूर्व – हिजो पूर्वी रुकुमबाट मनोनयन दर्ता गराएका नेपाली

पर्वतको बाँसखर्कमा ‘मुख्यमन्त्री नवप्रर्वतन’ कार्यक्रम

पर्वत– पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कमा ‘मुख्यमन्त्री नवप्रर्वतन’ कार्यक्रम सञ्चालन भएको

रातारात पार्टी फेरेर उम्मेदवार बनेका हुसेन टिकट खोसिएपछि भन्छन्- सक्नेले साथ दिन्छन् नसक्नेले पाठ

काठमाडौं– नेकपा एमालेले नेपाली कांग्रेसबाट एमालेमा प्रवेश गरेका डा. अबुल

धुनियाको व्यापार धरापमा, माघमा पनि माग घट्यो

विराटनगर– माघ महिना लागिसक्दा पनि सिरक र डस्ना बनाउने ‘अर्डर’