जम्मुमा ग्रिनेड आक्रमण, एक जनाको मृत्यु « Khabarhub

जम्मुमा ग्रिनेड आक्रमण, एक जनाको मृत्यु


२३ फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भारत– भारतको जम्मुमा भएको ग्रिनेड आक्रमणमा एक जनाको ज्यान गएको छ । जम्मुको बस स्टेशनमा बिहीबार मध्याह्न १२ बजे भएको ग्रिनेड आक्रमणमा एकजना १७ वर्षे किशोरको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । मारिनेमा शरिक नाम गरेका किशोर रहेको प्रहरीले जनाएको छ ।

ग्रिनेड आक्रमणमा घाइते भएका उनको उपचारका क्रममा मृत्यु भएको हो । आक्रमणमा अरु ३० जना घाइते भएको अधिकारीले जनाएका छन् । प्रहरीले ग्रिनेड आक्रमण गराउने आक्रमणकारीलाई पक्राउ गरेको जनाएको छ ।

पक्राउ पर्नेमा भारत प्रशासित कश्मीरको कुल्गाम क्षेत्रका यासिर जाभिद भट रहेको प्रहरीले जनाएको छ । सीसीटीभी फुटेज तथा प्रत्यक्षदर्शीको बयानका आधारमा यासिरलाई पक्राउ गरिएको हो ।

यासिरले कश्मीरमा सक्रिय आतंकवादी समूह हिजबुल मुजाहिद्दिनका जिल्ला कमाण्डर फारुख अहमद भटको निर्देशनमा ग्रिनेड आक्रमण गराएको बताइएको छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०७५, बिहीबार  ८ : ५५ बजे

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

प्रधानाध्यापकमाथि हातपात गर्ने २ जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका

पोखरा स्कुल बस दुर्घटनाका घाइतेलाई एयर एम्बुलेन्सबाट काठमाडौं लगियो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ ओख्लेमा स्कुल बस दुर्घटनामा घाइते अश्मि

बूढीगण्डकी बाढी : आरुघाटमा बेलीब्रिज जडानको तयारीमा खटियो सेनाको टोली

काठमाडौं । बूढीगण्डकी बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बगाएपछि सो

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल