काबुलमा विष्फोट, ३ जनाको मृत्यु | Khabarhub Khabarhub

काबुलमा विष्फोट, ३ जनाको मृत्यु


२३ फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अफगानिस्तान– उच्चस्तरीय राजनीतिक समारोह भइरहेको स्थाननजिकै अफगानिस्तानको राजधानी काबुलमा विष्फोट हुँदा कम्तीमा तीन जनाको मृत्यु भएको छ ।

अफगानिस्तानको पीडी १३ भन्ने स्थानमा भएको विष्फोटनमा अन्य १९ जना घाइते भएका छन् । शिया हजारा समुदायका धार्मिक नेता अब्दुल अली मिजारीको मृत्यु भएको २४ औँ स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई लक्षित गरी रकेट आक्रमण भएको जनाइएको छ ।

कार्यक्रममा अफगानिस्तमाका प्रमुख कार्यकारी अब्दुल्लाह अब्दुल्लाह, पूर्व राष्ट्रपति हमिद कारजाई, सभामुख मोहम्मद युनुस कानूनी तथा विदेशमन्त्री सलाहुद्दिन बुरहानीलगायत उच्च राजनीतिक पदाधिकारीको उपस्थिती थियो ।

आक्रमणमा सबै उच्च पदाधिकारी सुरक्षित रहेको अफगान अधिकारीले जनाएका छन् । आक्रमणपछि प्रहरीले एकजना संदिग्ध आक्रमणकारीलाई पक्राउ गरेको जनाएको छ ।

आक्रमणको जिम्मा कुनै पक्षले पनि लिएको छैन । यद्यपि काबुलमा इस्लामिक स्टेट तथा तालिबानले सैनिक तथा गैरसैनिक निशानालाई लक्षित गरी बेलाबेला आक्रमण गर्दै आएका छन् ।

प्रकाशित मिति : २३ फाल्गुन २०७५, बिहीबार  ९ : ०१ बजे

चुरे दोहन तथा वन फडानी नियन्त्रण गर्न माग

सिरहा– चुरे क्षेत्रबाट अवैधरूपमा गिट्टी, बालुवा उत्खनन तथा वन फडानी

जाडोमा बाथको जोखिम किन हुन्छ ?

अहिले चिसो मौसम चलिरहेको छ । यो मौसममा बाथरोग भएका

पर्यटन प्रवर्द्धनका लागि बागलुङ महोत्सव गरिने

बागलुङ– गण्डकी प्रदेशको पर्यटन प्रवर्द्धन तथा स्थानीय उत्पादनको बजारीकरणका निम्ति

‘पाँच सय करोड क्लब’मा स्थान बनाएका चार फिल्म

काठमाडौँ– बक्स अफिस कलेक्सनमा पाँच सय करोड बलिउड फिल्म सर्वाधिक

कुबेरको पूजा गर्नाले के के प्राप्ति हुन्छ ?

मानव जीवनमा धन सम्पत्तिले महत्वपूर्ण भूमिका खेलेको हुन्छ । हरेक