प्रधानन्यायाधीश राणा बोल्दा न्यायाधीशहरुको सम्मेलन स्तब्ध | Khabarhub Khabarhub

प्रधानन्यायाधीश राणा बोल्दा न्यायाधीशहरुको सम्मेलन स्तब्ध


२४ चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आजको नयाँ पत्रिकाले न्यायालयको समाचारलाई ‘प्रधानन्यायाधीश राणा बोल्दा न्यायाधीशहरुको सम्मेलन स्तब्ध’ शर्षकमा मुख्य समाचारका रुपमा छापेको छ । पत्रिकाले न्यायाधीहशहरुको राष्ट्रिय सम्मेलन उद्घाटन समारोहदेखि नै विवादित बनेको उल्लेख गरेको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको भनाइलाई ‘आउनुस् न्याय क्षेत्र सुधारौ, राजीनामा म दिन्छु, तपाईहरु पनि सहयोग गर्नुस्’ उल्लेख गरेको छ । उनले प्रधानन्यायाधीशको कुर्सी बडो गाह्रो रहेछ, कहिले सत्यको साक्षी बस्नुपर्ने कहिले असत्यको ।

त्यसैगरी सर्वोच्चका पूर्वन्यायाधीश बलराम केसीले राजनीतिक भागबन्डामा न्यायाधीश सिफारिस गर्नु दुर्भाग्य भएको भनाइ उल्लेख गरेको छ । पूर्वन्यायाधीश कल्याण श्रेष्ठको भनाइलाई ‘संवैधानिक अंगमाथि हाबी हुन संसदीय सुनुवाई’ शीर्षकमा समाचार छापेको छ ।

त्यसैगरी पत्रिकाले ‘त्रिभुवन विश्वविद्यालयको थेसिस केनबेचमा प्राध्यापक’ शीर्षकमा अनियमितताको समाचार पनि पहिलो पृष्ठमा छापेको छ । त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पस शंकरदेवमा थेसिस र प्रोजेक्ट रिपोर्टका नाममा प्राध्यापकले बार्गेनिङ गरेको आरोप विद्यार्थीहरुले लगाएका छन् ।

त्यस्तै कर्णालीका सबै काराकारमा पुस्तकालय, १० कारागारमा ८ हजार किताब शीर्षकमा कारागाकारलाई सुधार गृहमा परिणत गर्ने हेतुको समाचार पनि छापेको छ ।

त्यसैगरी राजपाको केन्द्रीय समिति बैठक दुई वर्षमा एकपटक मात्रै शीर्षकमा अर्को समाचार पहिलो पृष्ठमा छापिएको छ । पार्टीको विधानमा निश्चितथ समयमा बस्नैपर्ने भनेर नतोकिएको तथा आवश्यकता र औचित्य पनि नदेखिएकाले बैठक नबसेको अध्यक्षमण्डलका संयोजक शरदसिंह भण्डारीले जनाएका छन् ।

प्रकाशित मिति : २४ चैत्र २०७५, आइतबार  ७ : ०० बजे

भारतविरुद्ध इंग्ल्यान्डको रोमाञ्चक जित, सिरिजमा २–१ को अग्रता

लन्डन– भारतविरुद्धको टेस्ट सिरिजमा इंग्ल्यान्डले दोस्रो जित निकालेको छ ।

पाकिस्तानमा मनसुनको प्रकोपः १११ जनाको मृत्यु, थप वर्षाको चेतावनी

इस्लामाबाद – पाकिस्तानमा जून अन्त्यदेखि सुरु भएको मनसुन वर्षाले अहिलेसम्म

बबई नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ – बबई नदीमा नुहाउने क्रममा आज दिउँसो डुबेर बेपत्ता

माडीमा रेबिजको सङ्क्रमण बढ्दो

चितवन – चितवन को माडी नगरपालिकामा रेबिजको सङ्क्रमण बढेको छ

बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बित, छानबिन गर्न समिति गठन

काठमाडौं – बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदबाट निलम्बित भएका