जागिरको लोभमा तस्करको शिकार–वर्षमा ४ हजार चेलीको तस्करी, ४० हजारको उद्धार | Khabarhub Khabarhub

जागिरको लोभमा तस्करको शिकार–वर्षमा ४ हजार चेलीको तस्करी, ४० हजारको उद्धार


२४ चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काडमाडौं– वैदेशिक रोजगारीको प्रलोभनमा पर्ने नेपाली चेली तस्करीको शिकार हुने गरेका छन् । विगत केही वर्षयता नेपाली महिला भारत हुँदै मलेसिया, खाडीका देश र युरोपमा तस्करी हुने गरेको छ ।

विदेशमा राम्रो रोजगारीमा लगाईदिने प्रलोभन देखाएर तस्करले रुट परिवर्तन गरेर महिलाको तस्करी गरिरहेका छन् । भारतसँग जोडिएको सिमाना हुँदै वार्षिक ४ हजारभन्दा बढी महिला रोजगारीका नाममा तस्करीमा पर्ने गरेको माइती नेपालले जनाएको छ । माइती नेपालका अनुसार नेपाल भारतको सिमाना हुँदै मासिक ३ सयभन्दा बढी महिलाको तस्करी भइरहेको छ ।

विगत १० वर्षमा रोजगारीमा गएका ४० हजारभन्दा धेरै महिलाको तस्करीमा परेको माइती नेपालको तंथ्याकमा उल्लेख छ । यी महिलालाई सरकारी सहयोगमा उद्धार गरी स्वदेश फर्काइएको छ । उद्धार गरिएका महिलाको अवस्थाबारे सरकार र महिला अधिकारको क्षेत्रमा काम गर्ने संस्था बेखबर छन् । ती महिला समाजमा पुनः स्थापित भएको पुनः वैदेशिक रोजगारीमा गएको विषयमा सम्बन्धित निकायले चासो नदिने गरेको पाइन्छ ।

नेपालबाट धेरै महिला अवैध बाटो भएर तस्करी भइरहेको माइती नेपालका उपनिर्देशक अचुत नेपालले जानकारी दिए । तस्करीमा परेका महिला आर्थिकसँगै शारीरिक शोषणमा पर्ने गरेको उपनिर्देशक नेपालले बताए । उनले भने, ‘तस्करले विदेशमा राम्रो रोजगारीको प्रलोभन देखाएर प्रतिव्यक्ति २० हजार देखि २ लाखसम्म असुल गरी सेटिङ मिलाएर पठाउने गरेको पाइन्छ ।’ पछिल्लो समय रोजगारीका नाममा अधिकांश तस्करी हुने गरेको उनले बताए ।

पुरुषको पनि तस्करी !

पछिल्लो समय भारतसँग अन्य देशबाट पनि रोजगारीका नाममा महिला तस्करी बढिरहेको नेपालले जानकारी दिए । महिला मात्र होइन रोजगारीका नाममा पुरुष पनि तस्करी हुने क्रम बढ्दो छ । विकशित देशको राम्रो रोजगारीमा जाने खोज्दा शिक्षित युवा नै तस्करीमा पर्ने गरेको वैदेशिक रोजगार विभागका निर्देशक भोलानाथ गुरागाईँले बताउँछन् ।

सवैभन्दा धेरै १८ देखि २७ वर्ष उमेर समुहका युवती तस्करीमा पर्ने गरेका छन् । यो उमेर समुहका अशिक्षित, ग्रामिण भेगका युवती हुने गरेको माइती नेपालको भनाई छ । माघ र फागुन महिनमा मात्र भारतको बाटो हुँदै खाडी मुलुकमा पुर्‍याउन लागिएका करिब २ सयभन्दा धेरै महिलाको भारत महिला आयोग र भारतस्थित नेपाली दूतावासको सहयोगमा उद्धार गरिएको छ ।

गत माघ महिनामा मणिपुरको बाटो हुँदै म्यानमारको सिमानासम्म पुयाइएका १ सय ७९ महिला कामदारलाई फर्काइएको थियो । यस्तै फागुन महिनमा २० र १५ जना गरी ३५ जना महिला भारतबाट उद्धार गरेर स्वदेश फर्काइएको माइती नेपालले जानकारी दिएको छ ।

विगत १० वर्षमा रोजगारी र अन्य कारण हराएका १७ हजार २ सय ३९ जनाका परिवारले सम्पर्क हराएको भन्दै आवेदन दिएको माइती नेपालको तंथ्याकमा उल्लेख छ । यो अवधिमा ३ सय ४४ जना महिला वैदेशिक रोजगारीका क्रममा बलात्कृत भएको माइती नेपालको तंथ्याकमा छ । विगत १० वर्षमा माइती नेपालले १ हजार ६ हजार १ जनालाई विभिन्न क्षेत्रको तस्करीमा संग्लन रहेको भन्दै कारवाहीका लागि सम्बन्धित निकायलाई सिफारिस गरेको जनाएको छ ।

पीडित महिलाले वास्तविकता लुकाउँदा समस्या

रोजगारीका नाममा भएको तस्करीबाट उद्धार गरी फर्किएका पीडित महिलाले तस्करका बारेमा यर्थात वयान नदिने गरेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइवी )ले बताउदै आएको छ। हाल भारतबाट उद्धार गरी नेपाल ल्याएका महिलाले पनि तस्करका बारेमा बोल्न अस्वीकार गरेको प्रहरीको भनाइ छ ।

पछिल्लो सामाजिक सञ्जालको माध्यमाबाट पनि महिला तस्कर बढ्दो छ । सामाजिक सञ्जालमार्फत राम्रो रोजगारीका प्रलोभन देखाएर तस्करी गर्ने गरेको प्रहरीको दाबी छ

तस्करीमा परेका महिला र पुरुष नै तस्कर तथा एजेन्टाका बारेमा जानकार नहुने गरेको सिआइवीका अनुसन्धान डिएसपी राजकुमार सिलवाल बताँउछन् । कतिपय आफन्तको सहयोगमा दोस्रो बाटो भएर रोजगारीमा जाने हुदाँ पनि सूचना नचुहाउने गरेको डिएसपी सिलवालले बताए । उनले भने, ‘सरकारले घरेलु काममा महिला खाडी र मलेसियाका देश जान रोक लगाएपछि भारत हुँदै ती देश रोजगारीमा जान्न खोज्दा महिला तस्करीमा पर्ने गरेका छन् । उद्धार गरिएका पीडितले तस्करका बारेमा सहि सूचना नदिदाँ दोषीलाई कानुनी दायरामा ल्याएर कारबाही गर्न समस्या भइरहेको छ ।’

रोजगारीका नाममा तस्करी गर्ने तस्कर विदेशमा बसेर नेपालमा धन्दा चलाउने गरेको उनको भनाइ छ । विदेशमा बसेर नेपालमा एजेन्ट राखेर तस्करले तस्करीको काम गदै आएको प्रहरीले जनाएको छ ।

अधिकांश खाडी, मलेसिया र अफ्रिका 

नेपालबाट रोजगारीको बाहानामा भारत हुँदै तस्कर गरिएका अधिकांश महिला मलेसिया, खाडीका देश र अफ्रिका पुराइने गरिएको प्रहरी अनुसन्धानबाट खुलासा भएको छ । भारत हुँदै तस्करीमा परेका महिलाहरु मलेसिया, साउदी कुबेत, इराक, ओमन, बहराइन, युएई र अप्रिकाका देशमा घरेलु र डान्स बारमा काम गर्ने कामदारका रुपमा पुग्ने गरेका छन् ।

नेपालबाट तस्करी गरिएका महिला प्रायः खाडीका देश, मलेसिया र अफ्रिका पुराउने गरेको अनुसन्धानका क्रममा पाइएको डिएसपी सिलवालले जानकारी दिए । तर, यी महिला कसरी र कोमार्फत त्यहाँ पुराइयो भन्ने विषय जटिल बन्दै गएको उनको भनाइ छ ।

पछिल्लो सामाजिक सञ्जालको माध्यमाबाट पनि महिला तस्कर बढ्दो छ । सामाजिक सञ्जालमार्फत राम्रो रोजगारीका प्रलोभन देखाएर तस्करी गर्ने गरेको प्रहरीको दाबी छ ।

नेपालबाट धेरै महिला एजेन्टले सुनौली, काँकडभिट्टा, नेपालगञ्जलगायतका नेपाल–भारतका सीमा नाकाबाट भारत पुर्‍याउने गरेका छन्। सरकारले घरेलु कामदारका रुपमा खाडी जान रोक लगाएसँगै दलालहरुले महिलाहरुलाई ललाइफकाई भारत, बंगलादेश, चीन र श्रीलंका हुँदै तेस्रो मुलक पुर्या‍उने गरेका छन् ।

प्रकाशित मिति : २४ चैत्र २०७५, आइतबार  ७ : ४६ बजे

जलजलाको आफ्नै भवनबाट कार्यालय सञ्चालन

म्याग्दी– सदरमुकाम बेनीबजारसँगै रहेको पर्वतको जलजला गाउँपालिकाले आफ्नै भवनबाट कार्यालय

पूर्वाधारको अभावले कोरला नाका सञ्चालनमा समस्या

कोरला– गत कात्तिक १४ गते गृहमन्त्री रमेश लेखकले कोरलानाकामा अध्यागमन

दक्षिण अफ्रिकी खेलाडीले आईपीएलका बाँकी खेल नखेल्ने

काठमाडौं – टेस्ट विश्व च्याम्पियनसिपको तयारी गर्नुपर्ने भएका कारण दक्षिण

चितवन रत्ननगरमा बस दुर्घटना, १५ जना घाइते

चितवन– पूर्वपश्चिम राजमार्गअन्तर्गत रत्ननगर नगरपालिका–१० मा यात्रीवाहक बस डिभाइडरमा ठोक्किएर

यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि