आविष्कार केन्द्रलाई मैले बजेट छुट्याउनु अनैतिक हुन्छ : शिक्षामन्त्री पुन « Khabarhub

आविष्कार केन्द्रलाई मैले बजेट छुट्याउनु अनैतिक हुन्छ : शिक्षामन्त्री पुन


२७ आश्विन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – शिक्षामन्त्री महावीर पुनले आफू मन्त्री भएपछि राष्ट्रिय अविष्कार केन्द्रलाई बजेट छुट्याउनु अनैतिक हुने बताएका छन् ।

सामाजिक सञ्जालमा सक्रिय मन्त्री पुनले कृषि औजार कारखानामा बनेको धान काट्ने मेशिनको परीक्षणको भिडियो सार्वजनिक गर्दै यस्तो बताएका हुन् । आफू मन्त्री भए पनि कारखाना चलिरहेको उनको भनाइ छ । कारखानाका लागि आर्थिक स्रोत आफ्नो आत्मकथा पुस्तक बेचेको र दाताबाट प्राप्त भएको रकम भएको उनले प्रष्ट पारेका छन् ।

‘म मन्त्री भए पनि राष्ट्रिय आविष्कार केन्द्रले वीरगञ्ज कृषि औजार कारखाना चलिरहेकै छ। आर्थिक श्रोत भनेको मेरो आत्म कथाको किताब बेचेको पैसा र दाताहरुले दान गरेको पैसा हो। मन्त्री भएर कारखानाको लागि म आफैले बजेट छुट्याउनु अनैतिक काम हुन्छ। पहिलेको सरकारले छुट्याएको भए हुन्थ्यो तर छुट्‌याएनन्। भविष्यका सरकारले पैसा छुट्‌याए पनि हुन्छ’, पुनले फेसबुकमा लेखेका छन्।

प्रकाशित मिति : २७ आश्विन २०८२, सोमबार  १० : ०९ बजे

चिकित्सा शिक्षामा पहुँच विस्तार गर्न ४१८ सिट थपिए

काठमाडौँ – चालु शैक्षिक सत्रमा चिकित्सा शिक्षातर्फ ४१८ नयाँ सिट

दसैँले राष्ट्रिय एकता र देशभक्तिको भावना बलियो बनाउँछ : प्रदेश प्रमुख भट्ट

गण्डकी – गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले बडादसैँले नेपालीबीच आपसी

रुसी ऊर्जा व्यापारमाथिको प्रतिबन्धमा ट्रम्पको छुट

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसको ऊर्जा क्षेत्रबाट हुने आम्दानीलाई लक्षित

मतदाता नामावली अद्यावधिक : एक लाख ८७ हजार मतदाता थपिए

काठमाडौँ– निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक गरेको छ । गत

बनेपामा ग्यास बुलेटको ठक्करबाट ९ वर्षीय बालकको मृत्यु, आमाबुबा घाइते

काभ्रेपलाञ्चोक- काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१३ भैँसेपाटीस्थित अरनिको राजमार्गमा ग्यास बुलेटले मोटरसाइकललाई