कालीगण्डकीमा पुल निर्माण शुरु « Khabarhub

कालीगण्डकीमा पुल निर्माण शुरु


२४ चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कावासोती–  नवलपुरको बौदीकाली गाउँपालिका–३ रकुवाको साँघुरीघाटदेखि तनहुँको घिरिङ सुन्धारा गाउँपालिका–१ जगौली जोड्ने कालीगण्डकी नदीमा पक्की पुल निर्माण हुने भएपछि यहाँका बासिन्दा खुशी भएका छन् ।

नदी वारपार गर्न पुरानो झोलुङ्गे पुलको भर पर्दै आएका यहाँका बासिन्दा पुल निर्माणपछि सहज हुने भएपछि खुशी भएका हुन् । जिल्ला सदरमुकाम कावासोती दूरीले टाढा पर्ने भएकाले यहाँका बासिन्दा किनमेल तथा औषधोपचार लगायतका कामका लागि तनहुँ र पोखरा जानुपर्दा नदीमा पुल नबन्दा धेरै समस्या हुने गरेको रकुवाकी स्थानीय ईश्वरी पङ्गेनीले बताउनुभयो । पक्की पुल नहुँदा पैदल हिँड्नुपर्दा समस्या हुँदै आएको पङ्गेनीको भनाइ छ । पक्की पुल बनेपछि सवारी सञ्चालन भएमा यात्रा गर्न सहज हुने उनले बताए ।

नीलगिरि गौरी–पार्वती नेशनल जेभी काठमाडौंले चार वर्षमा सम्पन्न गर्ने गरी सम्झौता गरेर पुल निर्माणको काम शुरु गरेको छ । दुई सय १० मिटर लम्बाइ र ११ मिटर चौडाइ रहेको पुल दुई लेनको हुनेछ । केन्द्रीय सडक विभाग कार्यालयअन्तर्गत पुल विभागले रु २५ करोड ९३ लाख ५४ हजार ९०० बजेट उपलब्ध गराएको पुल निर्माण समितिका अध्यक्ष कुलमणि ढुङ्गानाले जानकारी दिए ।

पुयर शाहले बताउनुभयो ।

प्रकाशित मिति : २४ चैत्र २०७५, आइतबार  १० : ०९ बजे

विश्वकपमा विवादित बनेको ‘हाइड्रेशन ब्रेक’ हटाउने तयारीमा फिफा

न्युयोर्क – विश्वकप फुटबलमा पहिलो पटक प्रयोगमा ल्याइएको ‘हाइड्रेशन ब्रेक’

विश्वकप फाइनल: नेतान्याहुले गरे अर्जेन्टिनालाई समर्थन

जेरुसेलम – इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले फिफा विश्वकपको फाइनल खेलमा

विश्वकप फाइनल: अर्जेन्टिनालाई हराउन ल्याटिन अमेरिकी देश एकजुट, स्पेनलाई समर्थन

काठमाडौँ – फिफा विश्वकपको फाइनल खेल नजिकिँदै गर्दा ल्याटिन अमेरिकी

शुक्लाफाँटामा रास्वपाको ‘जनसंवाद यात्रा’

महेन्द्रनगर– नागरिकका समस्या, विकास निर्माण र गुनासा सुन्न राष्ट्रिय स्वतन्त्र

आँखा अस्पतालमा बिरामी बढे

जनकपुरधाम– तापक्रम वृद्धिभएसँगै जनकपुरधामस्थित जानकी आँखा अस्पतालमा बिरामीको सङ्ख्या बढेको