३ दिनसम्म श्रमदान गरेर मोटरबाटोको स्तरोन्नति « Khabarhub

३ दिनसम्म श्रमदान गरेर मोटरबाटोको स्तरोन्नति


२४ चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–२ ज्यामरुककोटको गौश्वाराका बासिन्दाले ३ दिनसम्म श्रमदान गरेर गाउँमा पुग्ने मोटरबाटोको स्तरोन्नति गरेका छन् ।

भकुण्डे–तमाने–गौश्वारा जोड्ने मोटरबाटोको ४० मिटर क्षेत्रमा स्थानीयवासी मिलेर ढुङ्गा बिच्छ्याउने काम (सोलिङ) गरेका हुन् ।

“आफूले गर्न सक्ने र गरे हुने” कामका लागि सरकारी बजेटको मात्र आशा गर्नु हुँदैन भन्ने सन्देश प्रवाह गर्न गाउँलेले स्वतःस्फूर्तरूपमा श्रमदान गरेका अगुवा डम्मर सापकोटाले जानकारी दिए ।

सापकोटाका अनुसार गौश्वाराका बासिन्दाले मोटरबाटोको सोलिङका लागि ३ दिनसम्म ढुङ्गा फोर्ने, बोक्ने र बिच्छ्याउने काम गरेका हुन् ।

बर्खामा हिलाम्य र हिउँदमा धुलाम्य हुने उक्त मोटरबाटोको सोलिङ गरेको क्षेत्रमा अब राम्रोसँग यातायातका साधन सञ्चालन हुनसक्ने भएको छ ।

प्रकाशित मिति : २४ चैत्र २०७५, आइतबार  १० : ४० बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन