बाजुराका गन्धर्वको पीडा– जग्गा छैन घर कहाँ बनाउनु ? « Khabarhub

बाजुराका गन्धर्वको पीडा– जग्गा छैन घर कहाँ बनाउनु ?


२४ चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाजुरा– जिल्लाका अधिकांश गन्धर्व समुदायका लागि घरबासको व्यवस्था नहुँदा उनीहरुको त्रिपालमुनिको बास भएको छ । घुमन्ते जीवन अँगाल्दै आएका गन्धर्व जातिको स्थायी बासका लागि आफ्नो नाममा जमीन नभएको र जमीन नभएकै कारण उनीहरुले स्थायीरूपमा घर लगाउन नसकेकाले पुस्तौँदेखि अहिलेसम्म उनीहरु त्रिपालमुनि घरबास गर्न बाध्य भएका छन् ।

“दिन गन्दै महीना आयो, महीना गन्दै वर्ष आयो, पञ्चायतपछि प्रजातन्त्र आयो, प्रजातन्त्रपछि, लोकतन्त्र, गणतन्त्र आयो, यो सँगै देशमा पनि परिवर्तन आयो तर जिल्लाका विभिन्न ठाउँमा बस्दै आएका हामी गन्धर्व परिवारको जीवन भने कहिल्यै फेरिएन”, बाजुरा बडिमालिका नगरपालिमा–२ द्यान जुगाडाका जोगगिरी वादी भन्छन् । जोगगिरीले अहिले श्रीमती र चार छोरासहित गाउँमै अस्थायीरूपमा त्रिपालमुनि बसेर जीवन बिताइरहेको स्थानीय नरबहादुर रोकायाले जानकारी दिए ।

“पहिले घर बनाएनौँ, हुक्का, सुल्पा बनाएर गाउँ–गाउँमा लगेर बेच्ने र तिहारलगायत विभिन्न चाडपर्वको समयमा सारङ्गी मादल आदि बजाउँदै गाउँगाउँमा माग्दै आफ्नो जीवन जीउन सहज हुन्थ्यो तर, अहिले परम्परागत पेशा पनि लोप हुँदै गएकाले परिवार पाल्न धौधौ भएको छ” जोगगिरीकी श्रीमती डल्लीले भनिन् ।

अहिले सदरमुकाम मार्तडीमा गएर कहिलेकाहीँ सारङ्गी बजाएर नजिकका विद्यालयमा गएर बिग्रेका मादल बनाउने र अरुको काम गरेर छाक टार्ने गरेको डल्लीको भनाइ छ । “घर बनाऊँ भने आफ्नो नाममा जग्गा नै छैन”, उनले भनिन् । घरबासका लागि वडा र नगरपालिकालाई सहयोग माग्ने उनको भनाइ छ ।

जिल्लाका अधिकांश ठाउँमा परम्परादेखि बस्दै आएका गन्धर्व परिवारको नाममा जमीन नभएकाले उनीहरुले अहिलेसम्म एक ठाउँमा निश्चित बसोबास हुन सकेको छैन । जिल्लामा आएको परिवर्तनसँगै महिला, दलित बालबालिकामा केही परिवर्तन आए पनि जिल्लाका विभिन्न ठाउँमा बस्दै आएको गन्धर्व परिवारमा भने समाजिक, आर्थिक बौद्धिकरूपमा केही परिवर्तन नभएको बूढीगङ्गा नगरपालिका–८ की हजारी गन्धर्वले बताइन् ।

जिल्लाका विभिन्न ठाउँमा बस्दै आएका गन्धर्व परिवारले बाजुराका विभिन्न ठाउँका गाउँगाउँमा सुल्पा दिँदै अन्न माग्दै जाने चलन पनि विस्तारै हराउँदै जाँदा यो समुदाय चिन्तित छ । कालोमाटोलाई पिट्दै बनाएका सुल्पा जिल्लाका तोली, छतारा, बारबीस जयवाग्यश्वरी, काँडा, गुदुखाती, आटीचौर, डोगडी, तोली र कैलाशमाडौँलगायतका ठाउँमा पुर्‍याउने र खेतीको याममा खलोको रूपमा अन्न उठाउँदै बालबच्चा छोरा छोरी घरपरिवार पालनपोषण गर्दै आएका गन्धर्व परिवार आफ्नो पेशा लोप भएको भन्दै चिन्तामा परेका हुन् ।

साविक गाउँ विकास समितिले दलित महिला, बालकालिका तथा जनजातिका लागि आरक्षण रकम विनियोजन गरेर उनीहरुलाई दिँदै आएको थियो । समितिबाट गन्धर्व परिवारका लागि केही मात्रामा रकम प्राप्त भएको र त्यो रकमले उनीहरुले चिसोको समयमा कम्मल मात्र किन्दै आएको दलित प्रतिनिधि इन्द्रबहादुर नेपालीले बताए । उनले भने, “लक्षित रकम उनीहरुलाई दिँदै गर्दा बालुवामा पानी हालेझैँ भएकाले उनीहरुलाई रकमभन्दा एक ठाउँमा घरबासका व्यवस्थाका लागि पहल गर्नुपर्ने देखिन्छ ।”

अहिले विभिन्न स्थानीय तहमा भएको स्वास्थ्य, सामाजिक परिवर्तनसँगै अधिकांश बूढापाकाले सुर्ती तमाखु खान छोड्दै गएपछि गन्धर्व परिवारको माटोबाट निर्माण गर्दै आएका सुल्पालाई कोही कसैले नराख्दा उनीहरुको पेशा पनि धरापमा पर्न गएको बडिमालिका नगरपालिका–२ का अध्यक्ष डम्मर महतले बताए ।

– गङ्गराज पण्डित/रासस

प्रकाशित मिति : २४ चैत्र २०७५, आइतबार  ११ : ०६ बजे

विश्वविद्यालय पढ्ने विद्यार्थीका लागि काठमाडौं महानगरको ‘अर्न ह्वाइल यू लर्न’ कार्यक्रम

काठमाडौं- काठमाडौं महानगरपालिकाले विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीका लागि ‘अर्न ह्वाइल यू

विश्वकप इतिहासमै कतारले जोड्यो पहिलो अंक

काठमाडौं- फिफा विश्वकप २०२६ को समूह ‘बी’ अन्तर्गत सन फ्रान्सिस्कोस्थित

प्रतिनिधिसभामा असार १ र २ गते मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल हुने

काठमाडौं- प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८३ अन्तर्गत मन्त्रालयगत विनियोजन शीर्षकमाथि आगामी

‘नेपाललाई आँखा उपचारको केन्द्र बनाउन सकिन्छ’

काठमाडौं– विज्ञहरूले नेपालमा आँखा उपचारको सेवाका पहुँचमा वृद्धि भए पनि अन्धोपनको

वाणिज्य बैंकमा मुद्दतीतर्फको ब्याज थप घट्यो

काठमाडौं– वाणिज्य बैंकहरूमा असार महिनाका लागि मुद्दती निक्षेपतर्फको औसत ब्याजदर