भाडामा अनियमितता गरेको भन्दै टुकुचाका तरकारी व्यवसायी आन्दोलित « Khabarhub

भाडामा अनियमितता गरेको भन्दै टुकुचाका तरकारी व्यवसायी आन्दोलित


२४ चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– ५० प्रतिशतभन्दा बढि भाडा वृद्धि गरेको र बजारबाट उठाएको भाडामा अनियमितता गरेको भन्दै काठमाडौंको टुकुचास्थित इच्छुमती तरकारी बजारका व्यवसायीहरुले संचालकविरुद्ध आन्दोलन शुरु गरेका छन् ।

इच्छुमती तरकारी बजार व्यवसायी हक हित संघर्ष समितिले ५० प्रतिशतभन्दा बढी भाडा वृद्धि गरेको भन्दै संचालक संस्था हरित कृषि सहकारी संस्थाविरुद्ध आइतबारबाट आन्दोलन शुरु गरेको हो ।

संचालकहरुले जथाभावी भाडा बढाउने, तर त्यसको हिसाबसमेत नराख्ने अवस्था भएपछि त्यसको विरोधमा आन्दोलन शुरु गर्नु परेको संघर्ष समितिका अध्यक्ष कुमार तिमिल्सिनाको भनाइ छ ।

सञ्चालक संस्थाका पदाधिकारीहरुले तरकारी बजारबाट उठाएको रकम हिनामिना गर्ने गरेको व्यवसायीहरुको आरोप छ । संचालकहरुले बजारबाट उठाएको रकम हिनामिना गर्ने काम तत्काल बन्द नगरे कडा आन्दोलन गर्न बाध्य हुने संघर्ष समितिका अध्यक्ष तिमिल्सिनाले चेतावनी दिए ।

संघर्ष समितिले सो बजारको संचालक संस्था हरित कृषि सहकारी संस्थालाई आर्थिक हिसाब–किताब पारदर्शी बनाउन र व्यवसायीहरुलाई डर, धाक देखाएर जथाभावी स्टल भाडा नलिन पनि चेतावनी दिएको ।

व्यवसायीको सुरक्षाको ग्यारेन्टी गर्न पनि संघर्ष समितिले संचालक समितिको गम्भिर ध्यानाकर्षण गराएको छ ।

प्रकाशित मिति : २४ चैत्र २०७५, आइतबार  १२ : ४३ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन