विश्व स्वास्थ्य दिवसको अवसरमा जनचेतनामूलक कार्यक्रम | Khabarhub Khabarhub

विश्व स्वास्थ्य दिवसको अवसरमा जनचेतनामूलक कार्यक्रम


२४ चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– ‘स्वास्थ्य सेवामा सबैको पहुँच’ पुर्‍याउनुपर्ने आवश्यकतामा जोड दिँदै नेपालमा पनि विश्व स्वास्थ्य दिवस मनाइएको छ ।

विश्व स्वास्थ्य दिवसको अवसर पारेर आइतबार देशभर विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरिएको छ ।

विश्व स्वास्थ्य दिवसको अवसर पारेर काठमाडौंको बसन्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै राष्ट्रिय स्वास्थ्य शिक्षा तथा सूचना केन्द्रका निर्देशक सुनिलराज शर्माले नजिकको स्वास्थ्य संस्थाबाट स्वास्थ्य सेवा लिन सबैलाई आह्वान गरे ।

सरकारले स्वास्थ्य सेवाको पहुँच जनताको घरदैलोमा पुर्‍याउन आवश्यक व्यवस्था मिलाएको दावी गर्दै नजिकको स्वास्थ्य संस्थाबाट आवश्यक सेवा लिन उनको आग्रह छ ।

सरकारले चालू आर्थिक वर्ष भित्रमा नै स्वास्थ्यमा सबैको पहुँच पुर्‍याउने उद्देश्यका साथ देशभर १ हजार २ सय स्वास्थ्य चौकी निर्माणको काम शुरु गरेको छ ।

कार्यक्रममा स्वास्थ्यसम्बन्धी चेतना जगाउन चित्रकलाको पनि प्रर्दशन गरिएको थियो । विश्व स्वास्थ्य संगठन स्थापनाको दिन पारेर हरेक वर्ष अप्रिल ७ का दिन विश्वभर स्वास्थ्य दिवस मनाउने गरिन्छ ।

हाल विश्वभर करिव ३० करोड मानिसहरु डिप्रेशनको शिकार भएको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख गरिएको छ । नेपालमा भने ८ लाख ९० त्यस्ता रोगीहरुको संख्या रहेको विभिन्न अध्ययन प्रतिवेदनले देखाएको छ ।

डिप्रेशनको रोगीको संख्या घटाउन पनि नेपालमा गरिवी र बेरोजगारी समस्या समाधान गर्नुपर्ने चिकित्सकहरुको भनाइ छ ।

प्रकाशित मिति : २४ चैत्र २०७५, आइतबार  १ : ५२ बजे

प्रि-आइपीओको नाममा पैसा उठाउनेलाई कारबाही हुन्छ : धितोपत्र बोर्ड

काठमाडौं – सार्वजनिक निष्काशन नभएका कम्पनीको प्रि-आइपीओको नाममा ह्वाटएप, भाइवर,

२३ वटा नयाँ इलाका प्रशासन कार्यालय खोल्ने गृहको तयारी

काठमाडौं – सरकारले सेवा प्रवाह सहज बनाउन २३ जिल्लामा नयाँ

म्याग्दीको नामिलामा सामुदायिक स्वास्थ्य एकाइ स्थापना

म्याग्दी– भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा पर्ने म्याग्दीको रघुगङ्गा

अस्ट्रेलियाको क्रिकेट एसिटीविरुद्ध नेपाल ४१ रनले विजयी

काठमाडौं – अस्ट्रेलियाको क्रिकेट एसिटीमाथि नेपालले ४१ रनको जित निकालेको

व्रत, संयम र आत्मअनुशासनसँग तीज पर्व जोडिएको छ :  प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले हरितालिका (तीज)को अवसरमा सबै दिदीबहिनीहरूलाई