बिराटको बैंगलोरविरुद्ध मैदानमा सन्दीप, लय कायम राख्न सक्लान् ? « Khabarhub

बिराटको बैंगलोरविरुद्ध मैदानमा सन्दीप, लय कायम राख्न सक्लान् ?


२४ चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने रोयल च्यालेन्जर्स बैंगलोरविरुद्ध दिल्लीको पहिलो रोजाइमा परेका छन् । इन्डियन प्रिमियर लिग (आईपीएल) मा छैठौं खेल खेल्न लागेको दिल्लीको प्लेइङ ११ सन्दीप परेका हुन् ।

बैंगलोरको घरेलु मेदानमा हुन लागेको खेलमा दिल्लीले टस जितेर फिल्डिङ रोजेको छ । यो सिजनमा लय समात्न नसकेको बैंगलोरले घरेलु मैदानमा दिल्लीविरुद्ध जितको लक्ष्य बनाएको छ ।

यसअघिका दुई खेलमा जीत हात पारेको दिल्लीको पछिल्ला खेलहरुमा ब्याटिङ कमजोर देखिएको छ । नेपाली फ्यानहरुका लागि बैंगलोरविरुद्ध दिल्लीका पहिलो रोजाइमा परेका स्पिनर सन्दीपले आफ्नो लय कायम गर्न सक्लान् ? भन्ने प्रश्न मुख्य बनेको छ ।

दिल्लीको टिम:
इशान्त शर्मा, राहुल तेवतिया, अजर पटेल, पृथ्वी श्वा, शिखर धवन, श्रयस अय्यर (कप्तान), रिसभ पन्त, कागिसो रबाडा, सन्दीप लामिछाने, क्रिस मोरिस, कोलिन इनग्राम

प्रकाशित मिति : २४ चैत्र २०७५, आइतबार  ४ : १४ बजे

बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति

काठमाडाैं – भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब

त्रिशूली नदीमा शव खोज्दै तनहुँ प्रहरी

तनहुँ – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि त्रिशूली नदीमा बगेर

ज्वालामुखी विस्फोटपछि जकार्ता विमानस्थलमा अवरूद्ध सेवा थपियो

जकार्ता – इन्डोनेसियाको प्रमुख विमानस्थलमा ले सोमबार सञ्चालन हुने अपेक्षा

पृथ्वी राजमार्गको परेवाभीरमा यातायात सञ्चालन

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको परेवाभीर खण्डमा सोमबार साँझदेखि यातायात

विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छ : ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले विपत्तिको