रुवाण्डा नरसंहारको २५ वर्ष : सम्झनामा श्रद्धाञ्जली सभा | Khabarhub Khabarhub

रुवाण्डा नरसंहारको २५ वर्ष : सम्झनामा श्रद्धाञ्जली सभा


२४ चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुवाण्डा– रुवाण्डामा २५ वर्षअघि तुत्सी र उदार हुतु जातिविरुद्ध भएको नरसंहारमा मारिएकाहरुको सम्झनामा  विशाल श्रद्धाञ्जलीसभा आयोजना गरिएको छ ।

आइतबार राजधानी किगालीनजिक रहेको गिसोजी स्मारकमा श्रद्धाञ्जली सभा आयोजना गरिएको हो ।  सभामा राष्ट्रपति पउल कागामेसहित विश्वभरबाट सहभागी नेताहरुले श्रद्धाञ्जली दिए ।

श्रद्धाञ्जली सभाका लागि क्यानाडाका गर्भनर जेनेरल जुलिए पायट, युरोपेली आयोगका अध्यक्ष जाँ क्याउड युङ्कर  लगायत रुवाण्डा पुगेका हुन् ।

त्यस्तै, कार्यक्रमका क्रममा  २ हजारभन्दा धेरै मानिसहरु किगालीमा रहेको संसद् भवनबाट रंगशालासम्म र्‍यालीमा सहभागि  भएका थिए ।

राजधानी किगालीनजिक रहेको गिसोजी स्मारक

२५ वर्षअघि सन् १९९४ अप्रिल ६ मा रुवाण्डाका तत्कालीन राष्ट्रपति जुभेनल हब्यारीमाना तथा बुरुण्डीका राष्ट्रपति साइप्रियल नट्र्यारिमा चढेको विमान राजधानी किगाली नजिकको आकाशमा दुर्घटनाग्रस्त भएपछि रुवाण्डामा उग्रवादी हुतुहरुले सत्ता आफ्नो हातमा लिएर तुत्सी जातिका मानिसहरु र उदारवादी हुतुविरुद्ध आम नरसंहार शुरु गरेका थिए ।

करिब सय दिनसम्म चलेको नरसंहारका क्रममा ८ लाख भन्दा धेरैका मृत्यु भएको बताइन्छ । नरसंहारले रुवाण्डामा अल्पसङ्ख्यकका रुपमा रहेका तुत्सी जातिका ७० प्रतिशत भन्दा धेरै जनसङ्ख्याको सफाया भएको थियो ।

सन् १९९४ को जुलाई महिनामा तुत्सी जातिका पउल कागामे नेतृत्वको रुवाण्डान पेट्रियटिक फ्रन्ट आरपीएफ नामक विद्रोही समूहले सत्ता कब्जा गरेपछि अन्ततः नरसंहार रोकिएको थियो ।

नरसंहारपछि हाल रुवाण्डामा जातीय विषयमा छलफल गर्न निरुत्साहित गरिँदै आएको छ ।

नरसंहारमा मारिएकाहरुको अवशेष

प्रकाशित मिति : २४ चैत्र २०७५, आइतबार  ५ : ३१ बजे

बङ्गलादेशमा अत्याधिक गर्मी, तोडियो ‘रेकर्ड’

ढाका – बङ्गलादेशको मौसम ब्युरोले बुधबार अप्रिल रेकर्डमा सबैभन्दा तातो

सिधाकुराको बाङ्गो प्रकरण : अनुसन्धानको जिम्मा रविलाई

काठमाडौं- न्युज २४ र ग्यालेक्सी फोरके टेलिभिजनमा काम गर्दा वर्तमान

आजका समाचार : श्रमिक दिवसदेखि टी-२० विश्वकप खेल्ने टोली घोषणासम्म

प्रधानमन्त्रीले भने : श्रमिक, मजदुरहरूको न्यूनतम् पारिश्रमिक बढाउँछौँ प्रधानमन्त्री पुष्पकमल

गाजामा युद्धविराम स्थायी हुनुपर्नेमा हमासका अधिकारीको जोड

प्यालेस्टिन – प्यालेस्टिनी लडाकू समूह हमासका एक अधिकारीले गाजाका लागि

इनार खन्ने क्रममा निसास्सिएर दुई जनाको मृत्यु

भक्तपुर– चाँगुनारायण नगरपालिक–४ खनालचोक सेतोमाइक्रो पार्क नजिकै इनार खन्ने क्रममा