सिंचाई मन्त्रीकै क्षेत्रको जग्गा बाँझो, योजना रोल्पादेखि दाङसम्म सुरुङबाट सिंचाई « Khabarhub

सिंचाई मन्त्रीकै क्षेत्रको जग्गा बाँझो, योजना रोल्पादेखि दाङसम्म सुरुङबाट सिंचाई


२४ चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रोल्पा- उर्जा तथा सिंचाई मन्त्री बर्षमान पुनले पटक–पटक औपचारिक कार्यक्रममा रोल्पाको पानीलाई सुरुङमार्गमार्फत दाङ लैजाने कुरा गर्दै आएका छन् । उनका अनुसार माडी खोलाको पानी सुरुङमार्गमार्फत दाङ झारेर दाङ उपत्यका हराभरा बनाइनेछ ।

रोल्पाको १ लाख ७५ हजार ९ सय २८ कूल क्षेत्रफलमध्ये ३१ हजार हेक्टर सिंचाईयोग्य जमिन रहेको भएपनि अहिले ४ हजार हेक्टर जमिनमा मात्रै सिंचाईको सुविधा छ । मन्त्रीले आफ्नो जिल्लाको सिंचाईयोग्य जमिन कसरी उब्जाउयोग्य बनाउने भन्ने ध्यान छोडेर माडी खोलाको पानी सुरुङमार्फत दाङ लैजाने कुरा गर्नु  अस्वभाविक भएको स्थानीय गुनासो गर्छन् ।

मन्त्री पुनले मात्र नभएर गृह जिल्ला रोल्पा भएर दाङबाट निर्वाचित वर्तमान सभामुख कृष्णबहादुर महराले पनि बेला–बेलामा माडी खोलाको पानी प्रसंग जोड्ने गरेका छन् ।

सिंचाई डिभिजन कार्यालयका प्रमुख मेघराज ज्ञवालीका अनुसार अहिले रोल्पाको करिव १३ हजार हेक्टरमा सिंचाई हुने गरेको अनुमान गरिए पनि बाह्रै महिना करिब ४ हजार हेक्टरमा मात्र सिंचाई सुविधा छ ।

‘यो तथ्यांक वि.सं. १९९० को गुरुयोजना तयार गर्दाको हो । नयाँ आइसकेको छैन ।’ उनले भने ‘कति जमिन खेतीयोग्य छ आधिकारिक तथ्यांक भने हामीसँग छैन ।’

हिउँदे सिजनमा मात्रै १५ सय मुरीभन्दा बढी गहुँ उत्पादन हुने रोल्पा घोडागाउँको १ सय ५० हेक्टर उत्पादनशील जमिन सिंचाई नहुँदा बाँझै छ । सिंचाई कुलोको मुहान सुकेपछि जमिन बाँझै राख्न किसान बाध्य भएका हुन । स्थानीयका अनुसार पहिले–पहिले अन्नबालीसहित तरकारी तथा फलफूल जिल्लाबाट बाहिर निकासी गरिन्थ्यो भने अहिले पर्याप्त पानी नहुँदा समस्या थपिएको छ ।

घोडागाउँमा जस्तै जिल्लाको करिब २० हजार हेक्टर सिंचाई हुन सक्ने जमिन बाँझै रहेको छ । सतहभन्दा थोरै मुनीबाट रोल्पा जिल्लाका धेरै खोला बग्छन् । खोलाबाट बगरे खेर गइरहेको पानीलाई बोरीङ, लिफ्टीङ प्रविधिमार्फत खेतियोग्य जमिनमा लिनुपर्ने हो तर आजसम्म त्यतातिर पहल हुन सकेको स्थानीय बताउँछन् ।

सिंचाई डिभिजनले भने यसपटकबाट ११ वटा सोलार लिफ्टीङ योेजना अघि सारेको जनाएको छ । डिभिजन प्रमुख मेघराज ज्ञवालीले भने,‘अबको केही दिनमै सोलार लिफ्टीङको काम शुरु हुन्छ र यो देशकै नमुना योजना बन्ने छ ।’

मन्त्री पुन र सभामुख महराका ‘सुरुङ सपना’ भाषणमा मात्र होइनन् कार्यान्वयनमा ल्याइनुपर्छ । त्यो भन्दा पहिले आफ्नो क्षेत्रका समस्या पनि समेटिनुपर्छ । ‘सरकारले सुखी नेपाली, समृद्ध नेपाल’को नारासहित विभिन्न विकास निर्माणका योजनाहरु पनि अघि सारेको छ । तर, ग्रामीण वस्तीका यस्ता खेतीयोग्य जमिन बाँझै रहनुले पक्कै सरकारी नारालाई सार्थक तुल्याउन बाधा पुग्ने देखिन्छ ।

प्रकाशित मिति : २४ चैत्र २०७५, आइतबार  ६ : ४८ बजे

रसुवाबाट पत्रकार आचार्यको हारगुहार : ‘एकपटक जंगल र खोल्साखोल्सीमा ड्रोनबाट हेरिदिनुस्’

काठमाडौँ– रसुवामा आएको विनाशकारी बाढीपछि बेपत्ता तथा सम्पर्कविहीन आफन्तको खोजी

खप्तडमा बिरामीको भरोसा बन्दै सेनाको मेडिकल

बझाङ– खप्तडमा स्वास्थ्योपचार पाउनु चुनौतीपूर्ण छ । समुद्री सतहबाट तीन

भोटेकोसी बाढीले सिकाएको पाठ : विकासको बाटो कि बिनासको निम्तो ?

भदौ १० गते बिहान ९ बजेको आसपास हालसम्म संसारभरि नै

ऊर्जा मन्त्रालयले खोज तथा उद्धार पुनर्निर्माण समन्वयका लागि ‘रियल टाइम अपडेट सिस्टम’ बनाउँदै

काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले रसुवाको भोटेकोशी बाढी प्रभावित

रसुवाको कालिका–५ का वडाध्यक्षको अपील : जनता दिनदिनै मर्दै छन्, बाँचेकालाई थप मर्न नदिनुस्

रसुवा– रसुवाको कालिका गाउँपालिका–५ का वडाध्यक्षले गम्भीर हृदयाघात भएका बिरामीको