नागरिकता विधेयक खारेजीको माग राख्दै माइतीघरमा प्रदर्शन « Khabarhub

नागरिकता विधेयक खारेजीको माग राख्दै माइतीघरमा प्रदर्शन


२४ चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नागरिकता संशोधन विधेयक तत्काल खारेज गर्न सरकारसँग माग गर्दै आइतबार काठमाडौंको माइतीघर मण्डलामा प्रर्दशन गरिएको छ ।

नागरिकता विधेयकविरुद्ध संघर्ष समन्वय समिति नाम दिइएको समूहले सरकारले ल्याएको नागरिकता संशोधन विधेयक राष्ट्रघाती रहेको भन्दै तत्काल खारेज गर्न माग गर्दै विरोध प्रर्दशन गरिएको हो ।

विरोध प्रदर्शनमा नेपाल कम्युनिष्ट पार्टी (मसाल), नेपाल कम्युनिष्ट पार्टी (माले), राष्ट्रिय जनमोर्चा लगायतका पार्टीका नेता, कार्यकर्ताहरु सहभागी भएका थिए ।

उनीहरुले सरकारले एकपछि अर्को राष्ट्रघाती कदम चालेकाले त्यसलाई रोक्न विरोध प्रर्दशनमा उत्रनु परेको बताए । उनीहरुले नागरिकता छानविनका लागि तत्काल उच्चस्तरीय छानविन आयोग गठन गर्न पनि सरकारलाई दबाब दिएका छन् ।

प्रर्दशनकारीहरुले ‘गैरकानुनी नागरिकताको प्रमाण पत्र खारेज गर्ने सर्वोच्च अदालतको निर्णय लागू गर’, ‘नेपाल–भारत खुला सीमाना नियमन गर’ लेखिएको प्ले कार्ड प्रदर्शन गर्दै सरकारविरुद्ध चर्का नारबाजी पनि गरेका थिए ।

प्रकाशित मिति : २४ चैत्र २०७५, आइतबार  ६ : ३० बजे

इरानका नागरिकले ‘अनअराइवल’ भिसा नपाउने

काठमाडौं– नेपाल भ्रमण गर्न चाहने इरानका नागरिकलाई नेपाल सरकारले आगमन

‘मधेशी समुदायका बालेन प्रधानमन्त्री बन्दा जनताले देखेका सपना पुरा हुन्छन्’

काठमाडौं– संघीय लोकतान्त्रिक मोर्चाले देशमा उत्पीडित जनताहरूले देखेका सपना पुरा

ब्राजिलका पूर्व राष्ट्रपति बोल्सोनारो अस्पताल भर्ना

ब्रासिलिया– निर्वाचित सत्ता उल्टाउने विद्रोह ‘कू’ को षड्यन्त्र रचेको अभियोगमा

माइडियाले ल्यायो पाँच मोडलका इन्डक्शन हब 

काठमाडौं– होम एप्लायन्स ब्रान्ड माइडियाले आधुनिक प्रविधिमा आधारित इन्डक्शन हबलाई ग्यासको वैकल्पिक समाधानका