नागरिकता विधेयक खारेजीको माग राख्दै माइतीघरमा प्रदर्शन « Khabarhub

नागरिकता विधेयक खारेजीको माग राख्दै माइतीघरमा प्रदर्शन


२४ चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नागरिकता संशोधन विधेयक तत्काल खारेज गर्न सरकारसँग माग गर्दै आइतबार काठमाडौंको माइतीघर मण्डलामा प्रर्दशन गरिएको छ ।

नागरिकता विधेयकविरुद्ध संघर्ष समन्वय समिति नाम दिइएको समूहले सरकारले ल्याएको नागरिकता संशोधन विधेयक राष्ट्रघाती रहेको भन्दै तत्काल खारेज गर्न माग गर्दै विरोध प्रर्दशन गरिएको हो ।

विरोध प्रदर्शनमा नेपाल कम्युनिष्ट पार्टी (मसाल), नेपाल कम्युनिष्ट पार्टी (माले), राष्ट्रिय जनमोर्चा लगायतका पार्टीका नेता, कार्यकर्ताहरु सहभागी भएका थिए ।

उनीहरुले सरकारले एकपछि अर्को राष्ट्रघाती कदम चालेकाले त्यसलाई रोक्न विरोध प्रर्दशनमा उत्रनु परेको बताए । उनीहरुले नागरिकता छानविनका लागि तत्काल उच्चस्तरीय छानविन आयोग गठन गर्न पनि सरकारलाई दबाब दिएका छन् ।

प्रर्दशनकारीहरुले ‘गैरकानुनी नागरिकताको प्रमाण पत्र खारेज गर्ने सर्वोच्च अदालतको निर्णय लागू गर’, ‘नेपाल–भारत खुला सीमाना नियमन गर’ लेखिएको प्ले कार्ड प्रदर्शन गर्दै सरकारविरुद्ध चर्का नारबाजी पनि गरेका थिए ।

प्रकाशित मिति : २४ चैत्र २०७५, आइतबार  ६ : ३० बजे

एसिया कपमा छनोट टोलीलाई ३० लाख पुरस्कार

काठमाडौं – नेपाल क्रिकेट सङ्घ (क्यान)ले एसिसी एसिया कपमा स्थान

चरन क्षेत्रको अभावले बाँकेका पशुपालक किसान सङ्कटमा

बाँके – बाँकेको राप्ती सोनारी गाउँपालिका–५ बिनौनाका बम्बबहादुर पुनमगरलाई कुनै

एनपीएलमा पाकिस्तानी खेलाडीको सभागिता अन्योलमा : क्रिकइन्फो

काठमाडौं- क्रिकेट पोर्टल क्रिकइन्फोले नेपाल प्रिमियर लिग (एनपीएल) मा पाकिस्तानका

कांग्रेसमा व्यापक एकता भएको छ, बाँकीलाई पनि एकताबद्ध गर्छौं : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले कांग्रेसमा व्यापक एकता कायम