रोकिएन बैंगलोरको पराजय यात्र, दिल्लीको तेस्रो जित « Khabarhub

रोकिएन बैंगलोरको पराजय यात्र, दिल्लीको तेस्रो जित


२४ चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली लेग स्पिनर सन्दीप लामिछाने सामेल टोली दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) मा तेस्रो जीत हात पारेको छ ।

दिल्लीले आइतबार बैंगलोरको घरेलु मैदानमा उसलाई ४ विकेटले पराजित गर्दै लिगमा पुनरागमन गरेको हो ।  पछिल्लो खेलहरुमा कमजोर ब्याटिङले हार व्यहोर्दै आएको दिल्लीका लागि कप्तान श्रयस अयरले कप्तानी पारी खेल्दै टोलीलाई जीत दिलाए ।

बैंगलोरले दिएको १ सय ५० रनको लक्ष्य पछ्याएको दिल्लीले १८.५ ओभरमा ६ विकेट गुमाएर १ सय ५२ रन बनाउँदै टिमलाई जित हात पार्‍यो ।

दिल्लीका लागि कप्तान अयरले ६७ रन बनाए । उनले ५० बलमा ८ चौका र २ छक्काको मद्दतमा ६७ रन बनाएका हुन् । यस्तै, दिल्लीका लागि पृथ्वी श्वाले २८ रन, कोलिन इग्रामले २२ रन बनाए भने रिसभ पन्तले १८ रन बनाए ।

दिल्लीविरुद्ध बैंगलोरका बलर नभदीप साइनीले २ विकेट लिए भने पवन नेगि, मोहमम्द सिरज, टिम साउथी, मोईन अलिले समान एक—एक विकेट लिए ।

यसअघि पहिलो ब्याटिङ गरेको बैंगलोरले दिल्लीलाई १ सय ५० रनको लक्ष्य दिएको थियो । टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको बैंङ्लोरले निर्धारित २० ओभर पुरा खेलेको बैंङ्लोरले ८ विकेट गुमाएर १सय ४९ रन बनाएको थियो ।

दिल्लीका बलर कागिसो रबाडाले उत्कृष्ट बलिङ गरेपनि बैंङ्लोरले १ सय ४९ रन बनाएको थियो । बैंङ्लोरका लागि कप्तान विराट कोहलीले ४१ रन र मोईन अलिले ३२ रन बनाएका थिए ।

अन्य ब्याट्सम्यानहरुमा अक्षदीप नाथले १९, एबि डि भिलियर्सले १७ र मार्कस स्टोनिसले १५ रन बनाएका थिए । बैंङ्लोरविरुद्ध कागिसो रबाडाले ४ विकेट लिए । उनले ४ ओभर बलिङ गर्दै २१ रन खर्चेर एक विकेट लिए । यस्तै, क्रिस मोरिसले २ तथा अक्षर पटेलले एक विकेट लिएका थिए ।

त्यस्तै, नेपाली लेग स्पिनर सन्दीप लामिछाने बैंङ्लोरविरुद्ध महंगा सावित भएका छन् । उनले खेलमा ४ ओभर बलिङ गर्दै ४६ रन खर्चेर १ विकेट लिए भने दिल्लीलाई पहिलो विकेटको सफलता दिलाउन पार्थिव पटेलको क्याच लिएका थिए । जीतसँगै दिल्ली ६ अंकसहित ५ औं स्थानमा उक्लिएको छ भने बैंगलोर पुछारमा रहेको छ ।

प्रकाशित मिति : २४ चैत्र २०७५, आइतबार  ९ : १५ बजे

गोकुल बास्कोटाको व्यंग्य– ‘डाँडाभरि लालीगुराँस फुल्ने बेलामा मन्त्रीको खेतबारीमा पहेँलपुर तोरी फुलेछ’ 

काठमाडौँ– नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल बास्कोटाले वर्तमान सरकारका

तालचोक–बेगनास चार लेन सडकको भौतिक प्रगति ७२ प्रतिशत

गण्डकी– कास्कीको पोखरा महानगरपालिका–२७ तालचोकदेखि ३१ बेगनास जोड्ने चार लेन

नयाँ वर्षलाई स्वागत गर्ने सिन्दुर जात्रा

काठमाडौँ – भक्तपुरको मध्यपुर थिमिमा मनाइने सिन्दुर जात्रा केवल एउटा

सरकारमा रहेकालाई हर्क साम्पाङ भन्छन् : ‘स्रोतबिनाको सम्पत्ति त घुमाइफिराइ भ्रष्टाचार नै बुझिन्छ’

काठमाडौँ– श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्कराज राई साम्पाङले

म्याग्दीको मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–७ मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालन भएको