राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको समस्या समाधानका लागि संसदको शिक्षा समितिद्वारा उपसमिति गठन « Khabarhub

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको समस्या समाधानका लागि संसदको शिक्षा समितिद्वारा उपसमिति गठन


२४ माघ २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा देखिएको समस्या समाधानका लागि स्थलगत अध्ययन गर्न उपसमिति गठन गरेको छ ।

समितिको बुधरबार बसको बैठकले र प्रतिष्ठानको स्थलगत अध्ययन गर्न समितिका सदस्य खगराज अधिकारीको संयोजकत्वमा पाँच सदस्यीय उपसमिति गठन गरेको हो ।

प्रतिष्ठानको अध्ययनका लागि संयोजक अधिकारी सहित अन्जना विशंखे, गजेन्द्रबहादुर महत, एकवाल मियाँ र नमिताकुमारी चौंधरी सदस्य रहेके समितिकी सभापति जयपुरी घर्तीले जानकारी दिइन् ।

सभापति घर्तीले उपसमितिलाई आफ्नो पहिलो बैठक बसेको मितिले १५ दिन भित्र प्रतिष्ठानको समस्या समाधान हुने गरी स्थलगत अध्ययन गरी समितिमा प्रतिवेदन पेश गर्ने कार्यादेश दिएकी छन् ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जथाभावी कर्मचारी हटाउने, नयाँ नियुक्त गर्ने काम पदाधिकारीबाट भएपछि अस्पतालका चिकित्सक तथा कर्मचारीहरु आन्दोलित छन् । चिकित्सकको आन्दोलनका कारण अस्पतालमा सेवा प्रभावित बनेको छ । अस्पतालको सेवा प्रभावित भनेपछि समितिले प्रतिष्ठानको समस्या अध्ययन गरी समितिमा समाधानका उपायसहितको प्रतिवेदन पेश गर्न उपसमिति गठन गरेको सभापति घर्तीले बताइन् ।

समितिको बैठकमा समितिका सदस्य उमेश श्रेष्ठले उपकूलपति राजनीतिक नियुक्तीबाट हुदा सबै शिक्षा तथा स्वास्थ्य प्रतिष्ठानहरुमा समस्या परेको भन्दै प्रतिष्ठानको पदाधिकारी खुला प्रतिस्पर्धाबाट पदाधिकारी नियुक्त गर्ने कानुनी व्यवस्था गर्न सरकारसँग माग गरे ।

समितिका अन्य सदस्यहरुले लोक सेवा आयोगलाई समेत जानकारी नगराई कर्मचारी नियुक्ति गर्ने काम समेत भएको भन्दै तत्काल छानविन हुनेपर्ने बताए ।

प्रतिष्ठानका कर्मचारीहरुले आफुहरु अन्यायमा परेको भन्दै पदाधिकारीविरुद्ध आन्दोलित भएपछि ६ महिनादेखी प्रतिष्ठानले दिँदै आएको स्वास्थ्य सेवा अवरुद्ध भएको छ ।

प्रकाशित मिति : २४ माघ २०७५, बिहीबार  ११ : २४ बजे

पर्यटकको रोजाइमा सिन्धुपाल्चोकको भैरवकुण्ड

चौतारा– सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकास्थित भैरवकुण्ड क्षेत्रमा पछिल्लो समय पर्यटकको चाप

क्यामेराबाट भागिरहेका रास्वपाका ‘सेलिब्रेटी’ नेता

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताको मिडियासँग सातो

इन्धनको मूल्य बढ्दा सडक निर्माणमा असर

म्याग्दी – म्याग्दीको रणनीतिक महत्त्वको दरवाङ–मुना–ढोरपाटन सडक योजना निर्माण सुस्ताएको

मिठाई बेचेर खुसी कमाएका हरिबहादुर

इलाम– २०५० सालमा हरिबहादुर तामाङले पसल सुरु गर्दा इलामको फिक्कल

प्राथमिक उपचार तालिम : विपद् व्यवस्थापनमा सहयोग

काठमाडौँ– काठमाडौँ महानगरपालिकाको आर्थिक तथा नेपाल रेडक्रस सोसाइटी काठमाडौँ शाखाको