राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको समस्या समाधानका लागि संसदको शिक्षा समितिद्वारा उपसमिति गठन | Khabarhub Khabarhub

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको समस्या समाधानका लागि संसदको शिक्षा समितिद्वारा उपसमिति गठन


२४ माघ २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा देखिएको समस्या समाधानका लागि स्थलगत अध्ययन गर्न उपसमिति गठन गरेको छ ।

समितिको बुधरबार बसको बैठकले र प्रतिष्ठानको स्थलगत अध्ययन गर्न समितिका सदस्य खगराज अधिकारीको संयोजकत्वमा पाँच सदस्यीय उपसमिति गठन गरेको हो ।

प्रतिष्ठानको अध्ययनका लागि संयोजक अधिकारी सहित अन्जना विशंखे, गजेन्द्रबहादुर महत, एकवाल मियाँ र नमिताकुमारी चौंधरी सदस्य रहेके समितिकी सभापति जयपुरी घर्तीले जानकारी दिइन् ।

सभापति घर्तीले उपसमितिलाई आफ्नो पहिलो बैठक बसेको मितिले १५ दिन भित्र प्रतिष्ठानको समस्या समाधान हुने गरी स्थलगत अध्ययन गरी समितिमा प्रतिवेदन पेश गर्ने कार्यादेश दिएकी छन् ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जथाभावी कर्मचारी हटाउने, नयाँ नियुक्त गर्ने काम पदाधिकारीबाट भएपछि अस्पतालका चिकित्सक तथा कर्मचारीहरु आन्दोलित छन् । चिकित्सकको आन्दोलनका कारण अस्पतालमा सेवा प्रभावित बनेको छ । अस्पतालको सेवा प्रभावित भनेपछि समितिले प्रतिष्ठानको समस्या अध्ययन गरी समितिमा समाधानका उपायसहितको प्रतिवेदन पेश गर्न उपसमिति गठन गरेको सभापति घर्तीले बताइन् ।

समितिको बैठकमा समितिका सदस्य उमेश श्रेष्ठले उपकूलपति राजनीतिक नियुक्तीबाट हुदा सबै शिक्षा तथा स्वास्थ्य प्रतिष्ठानहरुमा समस्या परेको भन्दै प्रतिष्ठानको पदाधिकारी खुला प्रतिस्पर्धाबाट पदाधिकारी नियुक्त गर्ने कानुनी व्यवस्था गर्न सरकारसँग माग गरे ।

समितिका अन्य सदस्यहरुले लोक सेवा आयोगलाई समेत जानकारी नगराई कर्मचारी नियुक्ति गर्ने काम समेत भएको भन्दै तत्काल छानविन हुनेपर्ने बताए ।

प्रतिष्ठानका कर्मचारीहरुले आफुहरु अन्यायमा परेको भन्दै पदाधिकारीविरुद्ध आन्दोलित भएपछि ६ महिनादेखी प्रतिष्ठानले दिँदै आएको स्वास्थ्य सेवा अवरुद्ध भएको छ ।

प्रकाशित मिति : २४ माघ २०७५, बिहीबार  ११ : २४ बजे

प्रचण्डको पोस्टमा बालेनको कमेन्ट: एकादेशमा टिकटक पनि ‘ब्याण्ड’ भएको थियो

काठमाडौं – सरकारले सामाजिक सञ्जाल बन्द गर्ने निर्णयबारे पूर्वप्रधानमन्त्री एवं

जेनजी आन्दोलनलाई पूर्ण समर्थन छ : सुमना श्रेष्ठ

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की नेतृ तथा सांसद सुमना

प्रचण्डले भने : भ्रष्टाचारविरुद्ध युवाहरूले गर्न लागेको प्रदर्शन स्वाभाविक

काठमाडौं – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले

दुर्गेश थापा भन्छन् : जेनजी भविष्यको नेतृत्वकर्ता हो

काठमाडौं – चर्चित गायक दुर्गेश थापाले नयाँ पुस्ता ‘जेन–जी’ लाई

टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

तनहुँ – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–१ नाहालामा टिपरको ठक्करबाट मोटरसाइकल