म्यानचेस्टर सिटी प्रिमियर लिगको शीर्ष स्थानमा « Khabarhub

म्यानचेस्टर सिटी प्रिमियर लिगको शीर्ष स्थानमा


२४ माघ २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्यानचेस्टर सिटीले इङ्ग्लीस प्रिमियर लिग अंकतालिकामा पहिलो स्थानमा रहेको लिभरपुललाई उछिन्दै शीर्ष स्थानमा उक्लिएको छ ।

बुधबार राति भएको खेलमा एभरर्टनमाथि २—० को गोल अन्तरको जित हासिल गरेको सिटी डिसेम्बर १६ पछि पहिलो पटक शीर्ष स्थानमा उक्लिएको हो ।

२५ खेलबाट ६२ अंक जोडे्को लिभरपुललाई २६ खेलमा समान ६२ अंक नै जोडेको सिटी गोलअन्तरले शीर्ष स्थान पुगेको हो ।
एकहप्ता अगाडि सिटीभन्दा ५ अंकले नेतृत्व गरिरहेको योर्गन क्लोपको टिम लिभरपुलले एकपछि अर्को खेलमा बराबरी खेल्दा सिटीलाई फाइदा भएको हो ।

“केही दिन अगाडिमात्रै हामी सात अंकले पछि थियौं । तर, अहिले हामी लिगको शीर्ष स्थानमा छौं । त्यो नै सबैभन्दा राम्रो सुझाव हो, हामी कहिलै हरेस खादौनौं,” सिटीका प्रशिक्षक पेप गोर्डीयालोले भने,“यो सबै खेलाडीका लागि सिकाइको पाटो हो । खेल जित्न प्रयास गर्नुस । किनकी जीवन जतिखेर पनि परिवर्तन हुनसक्छ ।”

डेभिड सिल्भाको फ्रिकींकलाई हेड गर्दै डिफेन्डर यामेरिक लार्पोटेले पहिलो हाफमा थप गरिएको समयमा गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए ।

यस्तै, पहिलो हाफमा १—० अघि रहेको सिटीका लागि गाब्रिएल जेससले खेलको अन्तिम समयमा गोल गर्दै जितका लागि निर्णायक गोल गरेपछि सिटीले एभरटोनलाई २—० गोल अन्तरले पाजित गरेको हो ।

शीर्ष दुई टिमको समान ६२ अंकरहँदा लिगको तेस्रो स्थानमा रहेको टोटनह्यामको ५७ अंक रहेको छ । सिटीसँग पराजित एभरटोनको ३३ अंकरहेको छ ।

प्रकाशित मिति : २४ माघ २०७५, बिहीबार  १२ : ५७ बजे

निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न आयोगको आग्रह

काठमाडौं – राष्ट्रिय मानवअधिकार आयोगले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित

मादकपदार्थ सेवन गरी स्कुल बस चलाउने पाँच चालक पक्राउ

गण्डकी – मादकपदार्थ सेवन गरी पोखराका विभिन्न स्कुल बस चलाउने

राष्ट्र बैंकद्वारा तीन वाणिज्य बैंकलाई कारबाही

काठमाडौं – नेपाल राष्ट्र बैंकले तीनवटा वाणिज्य बैंकलाई कारबाही गरेको

लहानको उखुबारीमा आगलागी हुँदा एक करोड बढीको क्षति

सिरहा – यहाँको लहान नगरपालिका–१३ घलेटोलमा आज दिउँसो आगलागी हुँदा

भूकम्पबाट भत्किएका सरकारी संरचना बनाउन अख्तियारी

काँक्रेविहार– कर्णाली प्रदेश सरकारले जाजरकोट र रुकुम पश्चिमका स्वास्थ्य संस्था,