म्यानचेस्टर सिटी प्रिमियर लिगको शीर्ष स्थानमा « Khabarhub

म्यानचेस्टर सिटी प्रिमियर लिगको शीर्ष स्थानमा


२४ माघ २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्यानचेस्टर सिटीले इङ्ग्लीस प्रिमियर लिग अंकतालिकामा पहिलो स्थानमा रहेको लिभरपुललाई उछिन्दै शीर्ष स्थानमा उक्लिएको छ ।

बुधबार राति भएको खेलमा एभरर्टनमाथि २—० को गोल अन्तरको जित हासिल गरेको सिटी डिसेम्बर १६ पछि पहिलो पटक शीर्ष स्थानमा उक्लिएको हो ।

२५ खेलबाट ६२ अंक जोडे्को लिभरपुललाई २६ खेलमा समान ६२ अंक नै जोडेको सिटी गोलअन्तरले शीर्ष स्थान पुगेको हो ।
एकहप्ता अगाडि सिटीभन्दा ५ अंकले नेतृत्व गरिरहेको योर्गन क्लोपको टिम लिभरपुलले एकपछि अर्को खेलमा बराबरी खेल्दा सिटीलाई फाइदा भएको हो ।

“केही दिन अगाडिमात्रै हामी सात अंकले पछि थियौं । तर, अहिले हामी लिगको शीर्ष स्थानमा छौं । त्यो नै सबैभन्दा राम्रो सुझाव हो, हामी कहिलै हरेस खादौनौं,” सिटीका प्रशिक्षक पेप गोर्डीयालोले भने,“यो सबै खेलाडीका लागि सिकाइको पाटो हो । खेल जित्न प्रयास गर्नुस । किनकी जीवन जतिखेर पनि परिवर्तन हुनसक्छ ।”

डेभिड सिल्भाको फ्रिकींकलाई हेड गर्दै डिफेन्डर यामेरिक लार्पोटेले पहिलो हाफमा थप गरिएको समयमा गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए ।

यस्तै, पहिलो हाफमा १—० अघि रहेको सिटीका लागि गाब्रिएल जेससले खेलको अन्तिम समयमा गोल गर्दै जितका लागि निर्णायक गोल गरेपछि सिटीले एभरटोनलाई २—० गोल अन्तरले पाजित गरेको हो ।

शीर्ष दुई टिमको समान ६२ अंकरहँदा लिगको तेस्रो स्थानमा रहेको टोटनह्यामको ५७ अंक रहेको छ । सिटीसँग पराजित एभरटोनको ३३ अंकरहेको छ ।

प्रकाशित मिति : २४ माघ २०७५, बिहीबार  १२ : ५७ बजे

कांग्रेसका उम्मेदवारबारे देउवा पक्षको गुनासो : गगनले पुराना नेताहरूको अपमान गरे

काठमाडौं– नेपाली कांग्रेसको संसदीय बोर्डको बैठकले १६५ वटै क्षेत्रमा उम्मेदवार

रास्वपाद्वारा १६४ स्थानमा उम्मेदवारी दर्ता

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभा सदस्यको लागि प्रत्यक्षतर्फ देशभरका

भोटको भारीले विपक्षीलाई हराएकाहरू यसपटक पनि मैदानमा

काठमाडौं – जेन–जी आन्दोलनका कारण आधा कार्यकालमै विघटन भएपछि प्रतिनिधि

‘मैले टिकट किन पाइनँ भन्ने प्रश्नको जवाफ मैसँग छैन’

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूविरुद्ध प्रश्न उठाउँदै