सामान्य विवादमा श्रीमतीको हत्या गरी २४ घन्टासम्म लुकाए शव « Khabarhub

सामान्य विवादमा श्रीमतीको हत्या गरी २४ घन्टासम्म लुकाए शव


२४ बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– श्रीमतीको हत्या गरेर २४ घन्टासम्म शव लुकाएर बसेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काभ्रेको भुम्लु गाउँपालिका ६ कोलाती घर भइ काठमाडौंको बागबजार डेरा गरी बस्ने २७ वर्षीय पुस्कर भन्ने राजकुमार पहरी छन् ।

राजकुमारले २३ वर्षीया श्रीमती निर्मला नेपालको हत्या गरी २४ घन्टासम्म शव लुकाएर बसेका थिए ।

राजकुमार र निर्मलाबीच आइतबार राति भनाभन भएको थियो । भनाभनकै क्रममा राजकुमारले निर्मलाको टाउको र मुखमा प्रहरी पलङ्गमा लडाएका थिए । पलङमा घोप्टो परेर लडेकी निर्मला सोमबार विहान ९ बजेसम्म पनि नउठेपछि राजकुमारले परिवारका सदस्यलाई फोन गरेर घटनाबारे जानकारी दिएका थिए ।

आफन्तले प्रहरीलाई खबर गरेपछि राजकुमार घटना भएको २४ घन्टापछि नियन्त्रणमा आएका हुन् ।

महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले राजकुमारलाई उनको कोठाबाटै नियन्त्रणमा लिएको हो । प्रारम्भिक बयानका क्रममा राजकुमारले श्रीमती निर्मलाको हत्या आफैंले गरेको भनि स्वीकार गरेको अपराध महाशाखाका एसपी सोमेन्द्र सिंह राठौरले जानकारी दिए ।

प्रकाशित मिति : २४ बैशाख २०७६, मंगलबार  ११ : ३८ बजे

ढोरपाटनमा फैलिएको दादुरा सङ्क्रमण अझै नियन्त्रणमा आएन

बागलुङ– बागलुङको ढोरपाटनमा फैलिएको दादुरा सङ्क्रमण अझै नियन्त्रणमा आउन सकेको

वृद्धमाथि अभद्र व्यवहार गर्ने पक्राउ परेपछि गृहमन्त्रीले भेटेर भने– ‘म निदाउनै सकिनँ’

ललितपुर – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – आज २०८२ साल चैत १८ गते बुधबार चैत

आज २०८२ साल चैत १८ गते बुधबारको राशिफल

काठमाडौँ – आज २०८२ साल चैत १८ गते बुधबार चैत