आज २०८२ साल चैत १८ गते बुधबारको राशिफल « Khabarhub

आज २०८२ साल चैत १८ गते बुधबारको राशिफल


१८ चैत्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आज २०८२ साल चैत १८ गते बुधबार चैत शुक्ल पक्षको चतुर्दशी तिथि। तदनुसार सन् २०२६ अप्रिल १ तारिख। पूर्णिमा व्रत/विश्व मूर्ख दिवस । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेश

मेष : विवादमा फस्ने जोखिम छ। सञ्चित धन खर्च हुनेछ। शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ। एकल भन्दा सहकर्मीसँगको सहकार्यमा अगाडि बढेमा सफलता मिल्नेछ। परिवारको साथ र सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृष : दिन राम्रो छ। मन खुशी हुनेछ। आगामी दिनका लागि योजना बन्नेछ। वैदेशिक रोजगारी र व्यापारमा नाफा हुनेछ। उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ। राजनीतिक क्षेत्रमा खर्च बढ्नेछ।

मिथुन : आम्दानीका दृष्टिले दिन राम्रो छ। अरुको परोपकार गर्दा आफ्नो काम ओझेलमा पर्नेछन्। धार्मिक कार्यमा मन जानेछ। लगानी गरेको भए फाइदा हुनेछ। परिवारसँग बसेर रमाइलो गर्ने अवसर मिल्नेछ।

कर्कट : शिक्षाको क्षेत्रमा गरेको लगानीबाट नाफा हुनेछ। परिवारको साथमा रमाइलो गरेर दिन बित्नेछ। स्वास्थ्यमा सुधार हुँदा शरीरमा फुर्ती बढ्नेछ। पश्चिमको लामो यात्रा नगर्नु राम्रो हुनेछ।

सिंह : आज धनलक्ष्मी योग परेको छ। सम्पत्तिको सदुपयोग गर्नुपर्नेछ। साथीले असहयोग गर्ने जोखिम छ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्दा फाइदा हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

कन्या : दिन राम्रो छ। आफन्तको भन्दा विपक्षीको साथ मिल्नेछ। शिक्षाको क्षेत्रमा गरेको श्रमको मुल्याङ्कन हुने दिन छ। परिवारको सहयोग लिएर अगाडि बढेमा फाइदा हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

तुला : मन अशान्त बन्नेछ। श्रम तपाईंले गरे पनि फाइदा लिने अरुनै हुने छन्। स्वास्थ्यमा सुधारको योग छ। विपक्षी साथी सक्रिय रहेकाले सचेत भएर हिँड्नुपर्ने दिन छ।

वृश्चिक : शुभ खबरमा मन प्रशन्न हुनेछ । शिक्षाको लगानीबाट फाइदा हुनेछ। मिहिनेतको फल प्राप्त गर्न धैर्य बन्नुपर्नेछ। दाम्पत्य जीवन सुखमय बित्नेछ। शिक्षामा थप मिहिनेत गर्नुपर्ने दिन छ ।

धनु : धन लाभ हुने योग छ । लगानीका क्षेत्रमा मिहिनेतको खाँचो देखिन्छ। राजनीतिक क्षेत्रमा ठग सक्रिय भएकाले सचेत बन्नुपर्नेछ। निजी शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ।

मकर : अनुत्पादक क्षेत्रको खर्च कटौती गर्नुपर्ने समय आएको छ। स्वास्थ्यमा गरेको मिहिनेतको फल प्राप्त हुनेछ। शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ। मिहिनेतको फल मिल्नेछ ।

कुम्भ : बौद्धिक व्यक्तिसँगको भेटले मन हलुका हुनेछ। सञ्चित धन खर्च भए पनि इज्जत बढ्नेछ। मन अशान्त बन्ने जोखिम छ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

मीन : दिन राम्रो छ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। नयाँ कुराको सुरुवात हुनेछ। महत्त्वपूर्ण काम बन्नेछ। परिवारको साथमा घुमघामको तय हुनेछ। उत्तरको यात्रा नगर्नु उचित हुन्छ।

प्रकाशित मिति : १८ चैत्र २०८२, बुधबार  ५ : २४ बजे

मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

भद्रपुर– बाह्रदशी गाउँपालिका–३ रामनगरस्थित हुलाकी सडकखण्डमा मोटरसाइकलको ठक्करबाट एक जना

स्वदेश फर्कियो नेपाली राष्ट्रिय क्रिकेट टोली (तस्बिरहरू)

काठमाडौं– आइसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिज खेलेर नेपाली राष्ट्रिय

देवानगञ्ज घटनाबारे राष्ट्रपति पौडेल र प्रथम राष्ट्रपति यादवबीच संवाद

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगञ्ज गाउँपालिका कप्तानगञ्जसहित तराई-मधेसका विभिन्न

पोल्ट्री व्यवसायीलाई प्रशिक्षण

चितवन– पोल्ट्री व्यवसायीलाई वातावरणीय मूल्यांकन, व्यवस्थापन तथा अनुपालनसम्बन्धी प्रशिक्षण प्रदान

गृहमन्त्री जाने भएपछि सिराहामा तनाव, सुरक्षाकर्मीको गाडी घेराउ (तस्बिरहरू)

सिराहा– सिराहाको गोलबजारमा प्रदर्शनको क्रममा गोली लागेर मृत्यु भएका बालकको घरअगाडि