गोरखापत्रको कार्यालय ‘बाख्राको खोर’जस्तो, भत्काएर नयाँ बनाउने सञ्चारमन्त्रीको घोषणा | Khabarhub Khabarhub

गोरखापत्रको कार्यालय ‘बाख्राको खोर’जस्तो, भत्काएर नयाँ बनाउने सञ्चारमन्त्रीको घोषणा


२४ बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– सरकारी स्वामित्वको गोरखापत्र संस्थानको काम कारबाहीप्रति सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले असन्तुष्टि व्यक्त गरेका छन् ।

मन्त्री बास्कोटाले गोरखापत्र संस्थानको काममा तत्काल सुधार नभए कर्मचारीहरुको विकल्प खोज्ने चेतावनी समेत दिए ।

गोरखापत्र संस्थानमा कार्यरत कर्मचारीहरुलाई उत्साहका साथ काम गर्न निर्देशन दिँदै त्यसमा सुधार नभए पेन्सन रोक्का गर्नुपर्ने अवस्था आउन सक्ने मन्त्री बास्कोटाको चेतावनी थियो ।

गोरखा पत्र प्रकाशनको १ सय १९ औं वर्ष प्रवेश तथा चौंथो राष्ट्रिय पत्रकारिता दिवसको अवसर पारेर मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले पेन्सन खाने, तर गोरखापत्र संस्थानको काममा सुधार नहुने कुरालाई अन्त्य गरेर अघि बढ्ने योजना पनि अगाडि सारे ।

मन्त्री बास्कोटाले गोरखापत्र संस्थानको हालको भवन ‘बाख्राको खोर’जस्तो भएको उल्लेख गर्दै त्यसलाई भत्काएर नयाँ भवन बनाइने बताए ।

‘गोरखापत्र संस्थापनको बाख्राको खोरजस्तो कार्यालय भत्काएर अर्को बनाउने देखि लिएर सबै कुरा प्लानिङका साथ अघि बढ्नेछन्,’ मन्त्री बास्कोटाले भने ।

मन्त्री बास्कोटाले गोरखापत्र संस्थानका प्रकाशनलाई पढौं–पढौं लाग्ने बनाउन इमान्दार भएर काम गर्न पनि कर्मचारीहरुलाई सचेत गराए ।

कार्यक्रममा मन्त्री बास्कोटाले कामै नगरेको भन्दै हुलाक कार्यालयप्रति पनि आक्रोश व्यक्त गरेका थिए ।

प्रकाशित मिति : २४ बैशाख २०७६, मंगलबार  १२ : ४५ बजे

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

कैलाली – कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको

खर्च नियम उल्लङ्घन गरेको आरोपमा इयुद्वारा फ्रान्सविरुद्ध कारबाही

ब्रसेल्स – फ्रान्स, इटाली र युरोपेली सङ्घ (इयु) ब्लकका अन्य

पाँच वर्षपछि लिबियामा भारतीय राजदूतावास पुनः स्थापना

काठमाडौं – भारतले उत्तर अफ्रिकी मुलुक लिबियामा आफ्नो राजदूतावास पुनः