गोरखापत्रको कार्यालय ‘बाख्राको खोर’जस्तो, भत्काएर नयाँ बनाउने सञ्चारमन्त्रीको घोषणा « Khabarhub

गोरखापत्रको कार्यालय ‘बाख्राको खोर’जस्तो, भत्काएर नयाँ बनाउने सञ्चारमन्त्रीको घोषणा


२४ बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– सरकारी स्वामित्वको गोरखापत्र संस्थानको काम कारबाहीप्रति सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले असन्तुष्टि व्यक्त गरेका छन् ।

मन्त्री बास्कोटाले गोरखापत्र संस्थानको काममा तत्काल सुधार नभए कर्मचारीहरुको विकल्प खोज्ने चेतावनी समेत दिए ।

गोरखापत्र संस्थानमा कार्यरत कर्मचारीहरुलाई उत्साहका साथ काम गर्न निर्देशन दिँदै त्यसमा सुधार नभए पेन्सन रोक्का गर्नुपर्ने अवस्था आउन सक्ने मन्त्री बास्कोटाको चेतावनी थियो ।

गोरखा पत्र प्रकाशनको १ सय १९ औं वर्ष प्रवेश तथा चौंथो राष्ट्रिय पत्रकारिता दिवसको अवसर पारेर मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले पेन्सन खाने, तर गोरखापत्र संस्थानको काममा सुधार नहुने कुरालाई अन्त्य गरेर अघि बढ्ने योजना पनि अगाडि सारे ।

मन्त्री बास्कोटाले गोरखापत्र संस्थानको हालको भवन ‘बाख्राको खोर’जस्तो भएको उल्लेख गर्दै त्यसलाई भत्काएर नयाँ भवन बनाइने बताए ।

‘गोरखापत्र संस्थापनको बाख्राको खोरजस्तो कार्यालय भत्काएर अर्को बनाउने देखि लिएर सबै कुरा प्लानिङका साथ अघि बढ्नेछन्,’ मन्त्री बास्कोटाले भने ।

मन्त्री बास्कोटाले गोरखापत्र संस्थानका प्रकाशनलाई पढौं–पढौं लाग्ने बनाउन इमान्दार भएर काम गर्न पनि कर्मचारीहरुलाई सचेत गराए ।

कार्यक्रममा मन्त्री बास्कोटाले कामै नगरेको भन्दै हुलाक कार्यालयप्रति पनि आक्रोश व्यक्त गरेका थिए ।

प्रकाशित मिति : २४ बैशाख २०७६, मंगलबार  १२ : ४५ बजे

नेपालको पहिचान र अस्तित्व संकटमा : देव गुरुङ

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले नेपालको मौलिक पहिचान

समस्याग्रस्त १२ सहकारीका थप २३५ जनाले पाए रकम

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  १२ समस्याग्रस्त सहकारीको २३५ जनाको

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक

सुदूरपश्चिम प्रदेशको बजेट पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ ।