पढाइदिन्छु भनेर ल्याएका १९ बालबालिकालाई अलपत्र पारेर कालिकोटका जय विश्वकर्मा फरार « Khabarhub

पढाइदिन्छु भनेर ल्याएका १९ बालबालिकालाई अलपत्र पारेर कालिकोटका जय विश्वकर्मा फरार


२४ बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कालिकोट स्थायी घर भएका जय विश्वकर्मा १९ जना बालबालिकालाई अलपत्र पारेर फरार भएका छन् ।

विश्वकर्माले कालिकोटका विभिन्न ठाउँबाट ३ देखि १९ वर्षसम्मका १९ जना बालबालिकालाई कक्षा १० सम्म पठन–पाठन गराइदिने भन्दै काठमाडौं ल्याएका थिए ।

‘न्यू कर्णाली होम’ नामक फर्जी संस्थाको नाममा विश्वकर्माले १९ जना बालबालिकालाई घरबाट ल्याएर काठमाडौं पु¥याएका थिए ।

विश्वकर्माले काठमाडौंको वूढानिलकण्ठमा एक घर भाडामा लिएर ‘छात्राबास’ समेत सञ्चालन गरेका भेटिएको छ । जहाँ उनले कालिकोटबाट ल्याएका १९ जनासहित ४५ जना बालबालिकालाई राखिएको थियो ।

उनले १ वर्ष अगाडि बालबालिकालाई वूढानिलकण्ठमा ल्याएर राखेका थिए । तर, विगत केही दिन अगाडि विश्वकर्मा फरार भएपछि ती बालबालिका अलपत्र परेका हुन् ।

उक्त छात्राबासमा राखिएका अन्य २६ जना बालबालिकालाई अभिभावकको जिम्मा लगाइएको भएपनि १९ जना भने अलपत्र परेका थिए ।

अलपत्र परेका बालबालिकाको बालबालिका खोजतलास समन्वय केन्द्रले उद्दार गरेको छ । समन्वय केन्द्रका प्रमुख मोहन विक्रम दाहालका अनुसार उद्दार गरिएका बालबालिकालाई संरक्षण गृहमा राखिएको छ ।

प्रकाशित मिति : २४ बैशाख २०७६, मंगलबार  १ : २१ बजे

पूर्वाधार निर्माण गर्दा पर्यावरण संरक्षणलाई ध्यान दिन मुख्यमन्त्री बानियाँको आग्रह

मकवानपुर – बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रत्येक भौतिक पूर्वाधार निर्माण

रिहा भए छविलाल जोशी

काठमाडौँ – सहकारी ठगी प्रकरणमा कारागार चलान भएका छविलाल जोशी

टि–२० विश्वकप क्रिकेटका लागि प्रारम्भिक नेपाली टोली घोषणा

काठमाडौं – आगामी फेब्रुअरी ७ देखि मार्च ८ तारिखसम्म भारत

प्रधानमन्त्री कार्की र रास्वपा सभापति रवि लामिछानेबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौं – सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको