‘नीति तथा कार्यक्रममार्फत सरकारले दिउँसै सपना देख्यो’ « Khabarhub

‘नीति तथा कार्यक्रममार्फत सरकारले दिउँसै सपना देख्यो’


२४ बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले सरकारलाई दिउसै सपना देख्ने काम नगर्न सुझाव दिएका छन् ।

संघीय संसद प्रतिनिधिसभाको आज (मंगलबार) बसेको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुँदै उनले सरकारले गर्नै नसक्ने कार्यक्रमहरु ल्याएर सरकारले दिउसै सपना देख्ने काम गरेको बताए । यस्तो सपनाले सरकार र जनता कसैलाई फाइदा नहुने उनको भनाई थियो ।

शुसासन र भ्रष्टाचारलाई नियन्त्रण गर्छु भन्दै प्राथमिकतामा राख्ने सरकारका अघि कयौ भ्रष्टाचारका काण्ड भईरहेको भन्दै उनले नियन्त्रण भन्दा पनि प्रधानमन्त्री भ्रष्टाचारीलाई जोगाउन लागेको पाइएको आरोप लगाए ।

खाँडले भने, ‘शुसासनमा शहीद मञ्च नै छैन । बालुवाटारै अर्कैले लगिसक्यो । एनसेलले कर नतिरेर कहाँ हिडिसक्यो । १२ अर्ब रुपैया बढी तिरेर फोरजी ल्याईएको छ । वाईडवडी कहा छ कहा छ ? वाईडवडीसंग सम्बन्धीत मन्त्रीलाई के भन्दिनुभयो भने प्रधानमन्त्रीले उहाँ निर्दोष हुनुहुन्थ्यो । प्रधानमन्त्रीलाई निर्दोष भन्ने अधिकार छ ? न्यायीक फैसला गर्ने अधिकार छ ? जसलाई न्यायीक फैसला गर्ने अधिकार नै छैन । उसले फलानोमा र्निदोष । वालुवाटार जग्गामा र्निदोष । वाईडवडीमा र्निदोष । ’

संविधानको मर्म विपरित राष्ट्रपतिले सम्बोधनका क्रममा पटक पटक मेरो सरकार भनी सम्बोधन गरेकोमा पनि उनले आपत्ती जनाए । संविधानमा गरिएको व्यवस्थाको फेयरिस्त प्रस्तुत गर्दै उनले मेरो सरकार भनी गरिएको सम्बोधन संविधान विपरित भएकाले संशोधन गर्नुपर्ने माग गरे ।

उनले भने, ‘संविधानले नै नेपाल सरकारले गर्ने छ/गरिने छ भनेर स्पष्ट लेखिएको छ । अब त्यहा मेरो सरकार भन्न मिल्यो कि मिलेन ? कुनै कविले महाकाव्य लेख्यो भने मिल्छ । कुनै कविले खण्डकाव्य लेख्यो भने मिल्छ । कुनै कविले निबन्ध लेख्यो भने मिल्छ । तर संविधानको आधारशिलामा उभिएको प्रधानमन्त्रीले , संविधानको जगमा उभिएको व्यवस्थापिकाले, संविधानमा उभिएको राष्ट्रपतिले मेरो सरकार भन्न मिल्छ ? यो संबैधानिक रुपमा घोर आपत्तीजनक छ । म यो आपत्ती गर्दछु । र संविधानमा भएको प्रबन्धलाई मानियोस् भन्ने आग्रह गर्दछु । ’

सरकारले संघीय लोकतान्त्रिक गणतन्त्र आईसकेपछि गर्ने गरिएको सम्बोधन गर्दा पृथक ढंगबाट राष्ट्रपतिको सम्बोधन भएको भन्दै नीति तथा कार्यक्रममा आफुहरुले दर्ता गराएको संशोधन प्रस्तावलाई स्वीकार गरी सच्याएर अघि बढ्न आग्रह गरे ।

प्रकाशित मिति : २४ बैशाख २०७६, मंगलबार  १ : ३० बजे

सार्वजनिक बिदा पुनरावलोकन गर्न कार्यदल गठन

काठमाडौं– सरकारले सार्वजनिक बिदालाई पुनरावलोकन गर्न गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा

फास्ट ट्र्याक निर्माणमा ढिलाइप्रति राष्ट्रियसभा सदस्यको असन्तुष्टि

काठमाडौं– काठमाडौं तराई द्रुतमार्ग (फास्ट ट्रयाक) निर्माणमा भएको ढिलाइप्रति राष्ट्रियसभा

इरानी हवाई आक्रमण विफल पारेको बहराइन र कुवेतको दाबी

मनामा– बहराइन र कुवेतले सोमबार इरानबाट गरिएका हवाई आक्रमणका प्रयासलाई

मुख्यसचिव कार्कीका २२ बुँदे निर्देशन : कर्मचारीलाई सदाचारी बनाउनेदेखि सार्वजनिक बिदा पुनरावलोकनसम्म

काठमाडौं- मुख्यसचिव गोविन्द कार्कीले संघीय सरकारका सचिवहरूलाई कर्मचारीको आचरण सुधार,

‘लेबल’ नभएका र न्यून गुणस्तरका खाद्यवस्तु बिक्री नगर्न विभागको आग्रह

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले लेबल नभएका, कम