विद्युत प्राधिकरणको पत्राचारप्रति निजी क्षेत्रको आपत्ति « Khabarhub

विद्युत प्राधिकरणको पत्राचारप्रति निजी क्षेत्रको आपत्ति


२४ बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– निजी क्षेत्रले डेडिकेटेड लाईन लिएवापतको विद्युत महशुल असुल गर्न नेपाल विद्युत प्राधिकरणले गरेको पत्राचारप्रति आपत्ति जनाएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले मंगलबार काठमाडौंमा संयुक्त पत्रकार सम्मेलन गरी लोडसेडिङको बेला दिइएको डेडिकेटेड लाईनको विद्युत महशुल पनि असुल गर्न नेपाल विद्युत प्राधिकरणले हालै गरेको पत्राचारप्रति आपत्ति जनाएका हुन् ।

लोडसेडिङको बेला लिइएको ट्रंक तथा डेडिकेटेड लाईनको विद्युत महशुल पनि असुल गर्ने सरकारको पत्राचार सबै उद्योगहरुलाई धराशायी बनाउने गरी आएकाले त्यसप्रति आपत्ति जनाउनु परेको नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले जानकारी दिइन् । उनले डेडिकेटेड लाइनको सुविधा लिने सम्झौता नगरेका उद्योगहरुमा पनि त्यसको विद्युत महशुल असुल गर्न पत्राचार गरेको उल्लेख गर्दै त्यसलाई फिर्ता लिन पनि सरकार र सम्बन्धित निकायसँग माग पनि गरे ।

चर्को व्याज दरका कारण समस्या परिरहेका उद्योगहरुलाई सरकारले फेरि थप विद्युत महशुल तिर्नुपर्ने पत्राचार गरेकोमा व्यवसायीहरुको आपत्ति छ । प्राधिकरणले सो पत्राचार फिर्ता नलिए सबै उद्योग बन्द हुने महासंघकी अध्यक्ष राणाले चेतावनी दिइन् ।

अध्यक्ष राणाले विद्युत प्राधिकरणले डेडिकेटेड लाईन नलिएका उद्योगहरुलाई पनि सो महशुल असुल गर्ने पत्राचार गरेर दुःख दिएको पनि बताइन् । २०७३ सालबाट बढाएको विद्युत महशुल हाल आएर सरकारले असुल गर्नु गलत भएको अध्यक्ष राणाको भनाइ छ ।

कार्यक्रममा नेपाल उद्योग परिसंघका अध्यक्ष सतिशकुमार मोरले विद्युत महशुल विनियमावलीमा भएको व्यवस्था विपरित नेपाल विद्युत प्राधिकरणले सो पत्राचार गरेकाले सो महशुल नतिर्ने स्पष्ट पारे । उनले डेडिकेटेड लाईन लिन सम्झौता गरेर उद्योगहरुसँग सो महशुल लिनु स्वभाविकै हुने भएपनि नलिएकाहरुबाट असुली गर्न नमिल्ने पनि स्पष्ट पारे ।

सिमेन्ट, फलाम र होटल व्यवसायनै धराशायी हुने गरी सरकारले सो महशुल असुलीका लागि पत्राचार गरेकोमा नेपाल चेम्बर अफ कमर्शका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्लले पनि आपत्ति जनाए । उनले मुलुकमा व्यापार घाटा बढिरहेका बेला सरकारले स्वदेशी उद्योगनै बन्द हुने गरी सो महशुल असुल गर्न खोजेको भन्दै असन्तुष्टि पनि व्यक्त गरे ।

निजी क्षेत्रले डेडिकेटेड लाईन लिएवापतको विद्युत महशुल तिर्न नसक्ने जानकारी पनि सरकारलाई गराएको छ ।

प्रकाशित मिति : २४ बैशाख २०७६, मंगलबार  ६ : ०२ बजे

बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशालामा केमिकल अभावले सेवा ठप्प

चितवन– बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशाला सेवा इकाई, चितवनमा केमिकल अभावले

मकवानपुरका स्वास्थ्य संस्था बन्द, चिकित्सक संघले बुझायो सहायक प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र

काठमाडौं– वीरगञ्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमण

चिकित्सकमाथि आक्रमण गर्नेलाई फौजदारी अभियोगमा कारबाही गर्न माग 

काठमाडौं– नेपाल चिकित्सक संघ कोसीले नारायणी अस्पताल, वीरगन्जमा कार्यरत चिकित्सक

चिकित्सकमाथि आक्रमणको विरोधमा काठमाडौंमा प्रदर्शन, सेवा ठप्प

काठमाडौं– नारायणी अस्पतालमा चिकित्सकमाथि भएको हातपातको घटनाको विरोध गर्दै चिकित्सकहरूले

सेना र प्रहरी उतारेर सुनसरीको तनाव साम्य हुन सक्दैन : सीके राउत (अन्तर्वार्ता) 

जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउत (सीके) सुनसरीको देवानगञ्जमा भएको