म्यानचेस्टर सिटी प्रिमियर लिगको शीर्ष स्थानमा | Khabarhub Khabarhub

म्यानचेस्टर सिटी प्रिमियर लिगको शीर्ष स्थानमा


२४ माघ २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– एभरटोनलाई पराजित गरेको म्यानचेस्टर सिटीले इङ्ग्लीस प्रिमियर लिगको शीर्ष स्थानमा रहेको लिभरपुललाई उछिन्दै शीर्ष स्थानमा उक्लिएको छ । बुधबार राति भएको खेलमा एभरटोनमाथि २—० को गोल अन्तरको जित हासिल गरेको सिटी डिसेम्बर १६ पछि पहिलो पटक शीर्ष स्थानमा उक्लिएको हो ।
२५ खेलबाट ६२ अंक जोडे्को लिभरपुललाई २६ खेलमा समान ६२ अंक नै जोडेको सिटी गोलअन्तरले शीर्ष स्थान पुगेको हो ।
एकहप्ता अगाडि सिटीभन्दा ५ अंकले नेतृत्व गरिरहेको योर्गन क्लोपको टिम लिभरपुलले एकपछि अर्को खेलमा बराबरी खेल्दा सिटीलाई फाइदा भएको हो ।
“केही दिन अगाडिमात्रै हामी सात अंकले पछि थियौं । तर, अहिले हामी लिगको शीर्ष स्थानमा छौं । त्यो नै सबैभन्दा राम्रो सुझाव हो, हामी कहिलै हरेस खादौनौं,” सिटीका प्रशिक्षक पेप गोर्डीयालोले भने,“यो सबै खेलाडीका लागि सिकाइको पाटो हो । खेल जित्न प्रयास गर्नुस । किनकी जीवन जतिखेर पनि परिवर्तन हुनसक्छ ।”
डेभिड सिल्भाको फ्रिकींकलाई हेड गर्दै डिफेन्डर यामेरिक लार्पोटेले पहिलो हाफमा थप गरिएको समयमा गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए ।
यस्तै, पहिलो हाफमा १—० अघि रहेको सिटीका लागि गाब्रिएल जेससले खेलको अन्तिम समयमा गोल गर्दै जितका लागि निर्णायक गोल गरेपछि सिटीले एभरटोनलाई २—० गोल अन्तरले पाजित गरेको हो ।
शीर्ष दुई टिमको समान ६२ अंकरहँदा लिगको तेस्रो स्थानमा रहेको टोटनह्यामको ५७ अंक रहेको छ । सिटीसँग पराजित एभरटोनको ३३ अंकरहेको छ ।

प्रकाशित मिति : २४ माघ २०७५, बिहीबार  ३ : ०५ बजे

प्रि ओपन सेसन : साढे ७ अंकले बढ्यो नेप्से

काठमाडौं– साताको चौथो कारोबार दिन बुधबार प्रि ओपन सेसनमा नेपाल

एएफसी महिला कप छनोट : नेपाल र श्रीलङ्का खेल्दै

काठमाडौं– एएफसी महिला एसियन कप छनोट प्रतियोगिता अन्तर्गत आफ्नो दोस्रो

फलफूल तथा तरकारीको थोक मूल्य : केरा दर्जनको १४५ रुपैयाँ, आँपको कति ?

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बुधबार)

किसानलाई कृषि औजार वितरण

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिकाले किसानलाई कृषि औजार वितरण गरेको छ

पंक्षीको मासु नखाने खेवा लिम्बूहरूको लहरो

एक ऐतिहासिक थुमको रुपमा रहेको छ, पूर्वी नेपालमा छथर थुम।