गुआइदोलाई राष्ट्रपति माने प्रतिबन्ध फिर्ता : अमेरिका « Khabarhub

गुआइदोलाई राष्ट्रपति माने प्रतिबन्ध फिर्ता : अमेरिका


२४ माघ २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले अमेरिकी प्रतिबन्धको मारमा परेका भेनेजुएलाका वरिष्ठ सैनिक अधिकारीले स्वघोषित राष्ट्रपति हुआँ गुआइदोलाई साथ दिए उनीहरुमाथि लगाइएको प्रतिबन्ध फिर्ता हुनसक्ने जनाएका छन् ।

बोल्टनले ट्विट गर्दै भेनेजुएलामा लोकतन्त्रको रक्षाका लागि स्वघोषित हुआँ गुआइदोको संवैधानिक सरकारलाई समर्थन गर्न वरिष्ठ सैनिक अधिकारीलाई आह्वान गरे ।

‘‘भेनेजुएलामा लोकतन्त्रको पक्षमा उभिएर हुआँ गुआइदोको संवैधानिक सरकारलाई मान्यता दिने जो कोही वरिष्ठ सैनिक अधिकारीमाथि लगाइएको नाकाबन्दी फुकुवा गर्ने विषयमा अमेरिकाले विचार गर्न सक्नेछ ।’’ बोल्टनले ट्विटमा लेखेका छन् । ‘‘अन्यथा सबै अन्तर्राष्ट्रिय वित्तीय परिधी पूर्ण रुपमा बन्द हुनेछ ।’’

यद्यपि एकजना वरिष्ठ सैनिक अधिकारीले भिडियो सन्देश सार्वजनिक गर्दै राष्ट्रपति निकोलस मादुरोलाई राष्ट्रपति नमान्ने घोषणा गरेपनि त्यसबाहेक बाहेक प्रायः सबै सैनिक अधिकारी राष्ट्रपति मादुरोको पक्षमा रहेको बताइन्छ ।

प्रकाशित मिति : २४ माघ २०७५, बिहीबार  ३ : ३४ बजे

चीनियाँ सहयोग र सीमा नाका सञ्चालनबारे छलफल

काठमाडौं– पूर्वाधार विकासमन्त्री सुनील लम्साल र नेपालका लागि चिनियाँ राजदूत

धौलीगङ्गा जलविद्युतका बाँध खोलिँदै, महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

बैतडी– भारतको उत्तराखण्ड प्रदेशको पिढौरागढस्थित धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध पुनः

चितवनको कुरिनटारमा रोकिएका मालवाहक सवारी

काठमाडौं– पृथ्वी राजमार्ग अवरुद्ध भएपछि चितवनको कुरिनटारमा मालवाहक सवारी रोकिएका

रसुवाका २०१ अभिभावक र ३८ जना विद्यार्थी बेपत्ता

रसुवा– भोटेकोशी बाढीबाट रसुवाका निजी विद्यालयमा ठूलो मानवीय तथा भौतिक

मनसुनजन्य विपद् अझै तर्सिरहन्छ टीकाभैरव

काठमाडौं– यतिबेला मौसम धुम्म छ । बेलाबेला आकाशबाट झमझम पानी परिरहेको