नेत्रहिन क्रिकेटरको जीतमा परेन सरकारको नजर, नेपाल टेक्दा हरायो पाकिस्तानमा मिलेको खुसी « Khabarhub

नेत्रहिन क्रिकेटरको जीतमा परेन सरकारको नजर, नेपाल टेक्दा हरायो पाकिस्तानमा मिलेको खुसी



काठमाडौं– बिहीबार । अपराह्न ४ बजे । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन कक्षमा सानो चहलपहल थियो । राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव केशबकुमार विष्ट हातमा फूलमाला लिएर कसैको ‘प्रतिक्षा’मा थिए ।

विष्ट नेतृत्वको टोलीको प्रतिक्षा केही समय पनि टिक्न पाएन । पाकिस्तानबाट फर्किएका नेत्रहिन महिला क्रिकेटरको टोलीका सदस्यलाई विष्टले फूलमाला लगाइदिए । माला लगाएपछि टोलीका सबै सदस्यसँग हात मिलाए । त्यसपछि करिब ५ मिनेटजति फोटो खिच्ने क्रम चल्यो ।

क्यामेराका फ्लासलाइटले खेलाडीको अनुहार चम्किलो देखियो । तर, मन ‘खुसी’ थिएन सायद, फोटोसेसन सकिएसँगै खेलाडीको अनुहारको चमक पनि हरायो ।

ट्वान्टी–२० सिरिजअन्तर्गत घरेलु मैदानमै पाकिस्तानलाई ‘क्लीन स्वीप’ गरेको टोलीलाई विमानस्थलमा औपचारिक मात्रै सम्मान थियो । राखेप सदस्यसचिवले स्वागत गरेपछि प्रतिक्रिया दिँदै नेत्रहिन क्रिकेट टोलीकी कप्तान भगवती भट्राईले मनको पीडा पोखिन् । ‘पहिलो पटक क्रिकेट खेल्न हामी पाकिस्तान पुगेका थियौं । त्यहाँ राम्रो सम्मान पायौ,’ भट्राईले भनिन्, ‘यहाँ हामीले ६—७ वर्ष राष्ट्रिय क्रिकेट प्रतियोगिता खेल्दा पनि त्यस्तो सम्मान पाएका थिएनौं ।’

ट्वान्टी–२० सिरिज ४—० ले जितेको टोली बिमानस्थलमा झर्दा धेरैले पत्ता नै पाएनन् । केही सञ्चारकर्मी र सदस्य सचिब विष्टको टोलीबाहेक टोलीको हौसला बढ्नेगरी स्वागत गर्नेहरु कोही थिएनन् ।

गत सोमबार मात्रै राष्ट्रिय क्रिकेट टोली युनाइटेड अरब इमिरेट्स (यूएई) विरुद्ध तीन एकदिवसीय अन्तर्राष्ट्रिय र तीन ट्वान्टी—२० शृङ्खला २—१ ले जितेको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई राष्ट्रियसभाका अध्यक्ष गणेश तिम्सिनासहित युवा तथा खेलकुद मन्त्री जगत बहादुर विश्वकर्माको टोलीले ‘रातो कार्पेट’ विछ्याएर स्वागत गरेको थियो ।

तर, पाकिस्तान नेत्रहिन महिला क्रिकेट टोलीमाथि ऐतिहासिक ट्वान्टी—२० शृङ्खला जितेर फर्किएको नेत्रहिन क्रिकेट टोलीले भने युवा तथा खेलकुद मन्त्रीबाट ‘बुको’ बधाईमात्रै पायो ।

यूएईविरुद्ध तीन एकदिवसीय अन्तराष्ट्रिय र तीन ट्वान्टी —२० शृङ्खला जितेर फर्किएको राष्ट्रिय क्रिकेट टोलीलाई ५ लाख दिने घोषणा गरेको सरकारले नेत्रहिन टोलीलाई मन्त्रालयमा बोलाएर बधाई दिनु बाहेक अरु कुनै सहयोग गर्ने आवश्यक ठानेन् ।

‘मन्त्रीले खेलाडीहरुलाई बधाई दिनुभयो । यो सफलतालाई सरकारले उच्च मूल्याङ्कन गर्ने बताउनु भएको छ,’ मन्त्रालय पुगेका एक व्यक्तिले विमानस्थलमा सुनाए ।

नेत्रहिन महिला महिला त्रिकेटरको प्रोत्साहनका लागि भए पनि सरकारले केही सहयोगको घोषणा गर्ने टोलीका सदस्यको अपेक्षा थियो । तर, मन्त्रीले भने बधाई दिएर खेलाडीलाई फर्काए । सिनीयर टोलीजस्तै सम्मान र सुविधा दिन नसकिए पनि आफूहरुको मनोवल उच्च पार्नका लागि सहयोग हुने विमानस्थलमा उत्रिएका खेलाडीहरुको भनाइ थियो ।

कप्तान भगवती भट्टराईले पाकिस्तानमा रहँदा राम्रो सिकाइ भएको बताउँदै सरकारी पक्षले अझै अभ्यासका लागि व्यवस्था मिलाइदिए आगामी दिनमा नेत्रहिन महिला टोलीले राम्रो सफलता हासिल गर्नसक्ने बताइन् ।

‘आँखा देख्ने खेलाडीलाई सरकारी पक्षले जति सहयोग गर्छ त्यति नै सहयोग हामी आँखा नदेख्ने खेलाडीले पनि देशका लागि केही गर्न सक्छन् भन्ने सोच राखेर सहयोग गरे हाम्रो पनि मनोबल उच्च हुन्छ,’ भट्टराईले भनिन् ।

पाकिस्तानविरुद्ध ४—० को जित निकालेको नेपाली टोलीका प्रशिक्षक रिजन प्रजुले नेत्रहिन महिला टोलीले पाकिस्तानविरुद्ध राम्रो प्रदर्शन गरेको बताए । ‘खेलाडीहरुले सोचेभन्दा राम्रो प्रदर्शन गरे । हाम्रो टिममा फिल्डिमा केही समस्या थियो । तर, त्यसलाई मैले अभ्यास खेलहरुमा सुधारको प्रयास गरेको थिए । खेलाडीहरुले ब्याटिङ राम्रो गरे,’ प्रशिक्षक प्रजुले भने, ‘भैतिक संरचनाको विषय नेपाली क्रिकेटमा पनि समस्या छ । तर, हामीले यहाँ रहँदा अभ्यास खेलका दौरान ३ पटक मैदान परिवर्तन गर्नुपर्ने अवस्था आयो ।’

पाकिस्तानविरुद्धको श्रृङ्खलामा प्लेयअर अफ दी सिरिज बनेकी मनकेसी चौधरीले अन्य क्रिकेट खेलाडीहरुका लागि सबै समर्थक आउने, तर आफूहरुले सिरिजनै ‘क्लिन स्वीप’ गर्दा समेत कसैले ध्यान नदिएको भन्दै दुःख व्यक्त गरिन् ।

प्रकाशित मिति : २४ माघ २०७५, बिहीबार  ६ : १९ बजे

निर्वाचन सामग्री धमाधम जिल्लातिर (तस्बिरहरू)

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन

राष्ट्रियसभाको शून्य समयमा सरकारको ध्यानाकर्षण

काठमाडौं– राष्ट्रियसभा सदस्यहरूले विदेशमा ज्यान गुमाएका नेपाली, विकास बजेट रोक्का,

झापामा ओलीले भने : ग्यास उत्खनन भइसकेको छ, पाइपबाट घरघरमा पठाउने दिन आउँदैछ

झापा- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अपराधिक तत्वहरूले आफूमाथि

नेपाल–कतार आर्थिक तथा पर्यटन सहकार्यबारे छलफल

काठमाडौं– नेपाल र कतारबीच समग्र आर्थिक विकास, पर्यटन प्रवर्द्धन तथा

पोर्चुगलमा नरमपन्थी सेगुरो निर्वाचित

एजेन्सी– पोर्चुगलको राष्ट्रपतीय निर्वाचनमा केन्द्र–वाम समाजवादी उम्मेद्वार एन्टोनियो जोसे सेगुरो