मन्त्रिपरिषद्का निर्णय सार्वजनिक « Khabarhub

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक


२४ माघ २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले न्याय सेवा, सरकारी वकिल समूहका राजप्रत्रांकित विशिष्ठ तथा राजपत्रांकित प्रथम श्रेणीका कर्मचारीहरुको समाजोजन गर्ने निर्णय गरेको छ ।

मन्त्रीपरिषद्का निर्णय सार्वजनिक गर्न बिहीबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता गोकुल प्रसाद बाँस्कोटाले उक्त जानकारी दिएका हुन् ।

यस्तै सरकारले वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको कार्यकारी निर्देशकमा मधुसुधन अधिकारीलाई चार वर्षका लागि नियुक्ति गरेको छ । साथै खानेपानी संस्थानको सञ्चालक समिति अध्यक्षमा जीउलाल चौधरी तथा सदस्यमा संगीता भट्टराई रेग्मी र राम बहादुर थापालाई नियुक्त गरिएको छ ।

यस्तै जयपृथ्वी नगरपालिकामा अनाथ आश्रम निर्माण गर्न सशर्त अनुदान उपलब्ध गराउने निर्णय गरेको छ । युवा तथा खेलकुद परिषद्को संगठन संरचना र दरबन्दी स्वीकृत गर्न र संद्धान्तिक स्वीकृति प्रदान गरेको प्रवक्ता बास्कोटाले जानकारी दिए । बैठकले राष्ट्रिय वन नीति, २०७५ स्वीकृत गरिएको उनले बताए ।

वीर सहिद गंगालाल श्रेष्ठको जन्मशताब्दी मनाउन ५ लाख रुपैयाँ आर्थिक सहयता उपलब्ध गराउने निर्णय गरेको छ । संघीय निजामति सेवा विधेयकको मस्यौदा संसदमा पेश गर्न स्वीकृति दिएको छ । साथै मधेश आन्दोलनका घाइते पानालाल यादवलाई उपचार खर्च उपलब्ध गराउने निर्णय गरेको छ ।

प्रकाशित मिति : २४ माघ २०७५, बिहीबार  ८ : ४४ बजे

समाजवादी व्यवस्थाले वर्तमान समस्या समाधान गर्न सक्छः बिजुक्छें

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले समाजवादी

झण्डा जलाएर रास्वपाले आफ्नो अभद्रता देखायो : ओली

बिर्तामोड – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झण्डाको रक्षा

लागुपदार्थ सेवन गरी सवारी साधन चलाउने सात चालक नियन्त्रणमा

काठमाडौं – ट्राफिक प्रहरीले लागुपदार्थ सेवन गरी सवारी साधन चलाउने

मुलुकका सबै समस्या समाधान गर्न नेकपा सक्षम छ : झलनाथ खनाल

काठमाडौं – पूर्व प्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका नेता झलनाथ