निजी क्षेत्रसँगको संवादमा ओलीले भने : ‘भूमि बैंक’ अवधारणाबाट उत्पादन वृद्धि गर्ने लक्ष्य छ « Khabarhub

निजी क्षेत्रसँगको संवादमा ओलीले भने : ‘भूमि बैंक’ अवधारणाबाट उत्पादन वृद्धि गर्ने लक्ष्य छ


९ फाल्गुन २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

झापा – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले ‘भूमि बैंक’ अवधारणाबाट उत्पादन वृद्धि गर्ने लक्ष्य रहेको बताएका छन् । शनिबार दमकमा आयोजित निजी क्षेत्रसँगको संवाद कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् ।

उनले कृषिमा ६० प्रतिशतभन्दा बढी जनसंख्या आश्रित हुनु मानव स्रोतको उचित प्रयोग नभएको उल्लेख गर्दै कृषिलाई आधुनिकीकरण, सुपर जोन र ब्लक खेतीमार्फत अघि बढाउनुपर्ने बताए ।

यस्तै, उनले देशमा केही पनि नभएको भन्ने भाष्य गलत भएको बताए । उनले देशमा विकास र सुधार हुँदै गएको तर अझै धेरै काम गर्न बाँकी रहेको स्पष्ट पारे ।

ओलीले भने, ‘देशमा केही भएको छैन भन्ने होइन, भएको छ। तर अझै हुन बाँकी छ, त्यो गर्दै जानुपर्छ। शिक्षा, स्वास्थ्य, खानेपानी र सडक पूर्वाधारमा सुधार आएको छ।’

उनले आफ्नो निर्वाचन क्षेत्र झापा–५ मा सडक, विद्युत, शिक्षा र स्वास्थ्य क्षेत्रमा उल्लेख्य काम भएको पनि बताए । ओलीले विगतमा बिजुली नभएको ठाउँमा अहिले सबै ठाउँमा विद्युत पुगेको उल्लेख गरे । उनले, ‘पहिले पेट्रोम्याक्स बालेर सभा गरेका थियौँ, आज विद्युत नपुगेको कुनै कुनो छैन।’

अध्यक्ष ओलीले विकासका लागि पैसा मात्र होइन, स्पष्ट दृष्टिकोण आवश्यक पर्ने बताए । चीन र स्क्यान्डिनेभियन देशहरूको उदाहरण दिँदै उनले विकास भिजन र आइडियाबाट हुने धारणा राखे । सोही क्रममा उनले सरकारी जागिरको सीमित अवसर भएकाले युवालाई उद्यमशीलतामा लाग्न आग्रह पनि गरे ओलीले सरकारले सहुलियत ऋण, लगानी वातावरण र निजी क्षेत्रसँग सहकार्य बढाइरहेको बताए ।

यस्तै उनले रेमिट्यान्समा निर्भर अर्थतन्त्र जोखिमपूर्ण हुने भन्दै ओलीले उत्पादन, उद्योग, विज्ञान–प्रविधि र नवप्रवर्तनमा आधारित अर्थतन्त्र निर्माण गर्नुपर्ने बताए । दैलेखको ग्यास खानी र नवलपरासीको धौवादी फलाम खानी सञ्चालनले आर्थिक समृद्धि ल्याउने उनको दाबी छ। नेपालको चिसो भूभाग सूचना प्रविधि र एआईका लागि उपयुक्त भएको उल्लेख गर्दै ओलीले ग्रीन हाइड्रोजन जस्ता नयाँ ऊर्जा प्रविधिमा नेपालले अवसर लिनुपर्ने धारणा राखे ।

साथै, शिक्षा, स्वास्थ्य, गाँस, बास र कपास आधारभूत मौलिक हक भए पनि नागरिक आफैँ पनि कर्मशील हुनुपर्ने ओलीको भनाइ छ। ओलीले भने, ‘सबै काम भइसक्यो म भन्दिनँ, तर केही पनि भएको छैन भन्नु गलत हो।’

प्रकाशित मिति : ९ फाल्गुन २०८२, शनिबार  १० : ०८ बजे

प्रधानमन्त्रीले गल्ती नसच्याएसम्म संकट समाधान हुँदैन : एमाले

काठमाडौं- नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा बादलले प्रधानमन्त्रीले

स्वास्थ्य बीमा कार्यक्रम पुनर्संरचना गर्ने सरकारको तयारी, दुरुपयोग रोक्न अर्थमन्त्रीको जोड

काठमाडौं- सरकारले स्वास्थ्य बीमा कार्यक्रमलाई पुनर्संरचना गरी वास्तविक बीमाको अवधारणा

एमसिए-नेपालले गर्‍यो दुई नयाँ सबस्टेशन र २९७ किमि प्रसारण लाइन निर्माण कार्य सुरु

काठमाडौं– मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समितिले बुधबार मिलेनियम च्यालेञ्ज

खुश्बुलाई गृहमन्त्रीको आश्वासन : प्रक्रियामा जानुहोस्, कारबाही अघि बढ्छ 

काठमाडौं– प्रतिनिधिसभाको बैठकमा सांसद खुश्बु ओलीले आफूलाई ज्यान मार्ने धम्की

रविलाई आङ्देम्बेको प्रश्न- दिल्लीमा पुग्दा किन सीमा र कालापानीको उच्चारण नगरेको ? 

काठमाडौं– नेपाली काङ्ग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले रवि लामिछाने